https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत्र १ गते ।  
मिथिला माध्यमिकी परिक्रमा बिहिवार बिहानै महोतरीको सदरमुकाम जलेश्वर आईपुगेको छ । गत आइतबार धनुषाको मिथिलाविहारी–८ ठेराकचुरीस्थित मिथिलाविहारी कुटी मन्दिर)बाट थालिएको सो यात्राका सहभागी चौथो दिन महोत्तरी प्रवेश गरेका हुन् ।

मिथिला बिहारी र किशोरीजीको डोला सहितको माध्यमिकी परिक्रमालाई जलेश्वर नगरपालिकामा नगर प्रमुख सुरेश साह सोनार तथा जलेश्वरवासीले भागेश्वर कुट्टीमा बिहान स्वागत गरेका छन ।

जलेश्वर स्वास्थ्य, सरसफाई, बिजुलीबत्ती र त्रिपाल सहितका विविध व्यवस्थापनमा नगरपालिकाले नेतृत्व गरेको छ भने परिक्रमावासीको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रसासन कार्यालय महोत्तरीबाट आवश्यक सुरक्षा अवस्था समेत मिलाइएको छ । नगरप्रमुख साहले गत वर्षहरु भन्दा बढी श्रद्धालु यस पटकको परिक्रमामा सहभागि भएपनि लाख भन्दा बढीको संख्यामा रहेकोमा यकिन संख्याभ न्न नसकिने बताए । उनले परिक्रमामा आएका साधुसन्तहरु तया खाल्माको माँग परिक्रमा साउजी पट्टि रहेको पड़ाव स्थल विशेष व्यवस्थापन भएको बताए ।

परिक्रमाको स्वागतको लागि जलेश्वर मात्र नभई परिक्रमा गुजने मडई, ध्रुवकुण्ड, कंचनवनमा समेत तयारी अन्तिम चरणमा छ। जनेश्वर नगरपालिका महोत्तरी गाउपालिका, बलवा नगरपालिका र भंगहा नगरपालिका परिक्रमा व्यवस्थापनमा प्रत्यक्ष लागेका छन ।

परिक्रमा पड़ाव स्थलमै रहेको उक्त धर्मसंस्थाको पोखरी तथा संस्था अन्तर्गतको आफ्नो विभिन्न जग्गाहरुबाट प्राप्त हुने आयवाट परिक्रामा आएको साधुसन्तहरुलाई सो सेवा गर्दै आइरहेका छन् ।

भगवान, ऋषिमुनी, महार्षी, साधुसन्तको तपोभूमि स्थलहरुको परिक्रमा गर्दा पुण्य मोक्ष प्राप्ती हुने अटल विश्वासका साथ १५ दिने माध्यमिकी परिक्रमा सुरु भएकोमा परिक्रमावासीलाई गरिने सेवाने समेत पुण्यफल प्राप्त हुने भएकोमा परिक्रमा स्थलहरुमा हजारौको संख्यामा स्थानियहरु समेत पुग्ने गरेका छन। डोनाहरूमा विराजमान मिथिला विहारी, किशोरीजी लगायतको भगवानको प्रत्यक्ष परिक्रमायै दर्शन गर्न श्रद्धालुहरुको भुइचो आगेका छन् ।

यात्रामा नेपाल र भारतका विभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीय तह र धार्मिक मठहरूले संयोजन, समन्वय गर्दै आएका छन् ।

फागुन औँसीबाट सुुरु भई फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी यो यात्रा सम्पन्न गरिन्छ । यस यात्रामा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रात्रि विश्रामस्थलको परम्परा रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार