https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राैतहट, चैत २ गते ।
रौतहटमा मनि ट्रान्सफर लुट्ने तिन भारतीय अपराधी पक्राउ गरेको हाे । रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साह माथि गोली प्रहार गरि रकम लुटने तिनै जना अपराधीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारिका १७ वर्षका मुनिस यादव १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

काउन्टरमा काम गरिरहेको अवस्थामा अपरिचित ३ जना व्यक्तिहरूले नितेश साहलाई गोली प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै गोली प्रहारबाट घाइते भएका नितेशलाई प्रादेशिक अस्पताल गौर लगिएकोमा थप उपचारको लागि वीरगंज रिफर गरिएको छ । उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान र बिआर ०६ सिएल ९७९६ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

घटना स्थलमा नेपाल प्रहरीका एसपी महेन्द्र श्रेष्ठ र सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी बिक्रम हुमागाईँ सहितका टोली खटिएको थियो । नेपाल भारत सिमाक्षेत्रमा कडाइ गरिएको छ । घटना स्थल सिमाक्षेत्रबाट करिब तिन सय मिटर उत्तर क्षेत्र पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार