https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, चैत्र २ गते ।
मधेश प्रदेश सभामा स्वतन्त्र रहेका प्रदेश सभा सदस्य अनिरुद्ध कुमार सिंहले शुक्रबार मधेश प्रदेश सभालाई जनता समाजवादी पार्टी नेपालमा औंपचारिक रुपमा पार्टी प्रवेश गरेको जानकारी गराएका छन ।

सप्तरी निर्वाचन क्षेत्र नं. ४ ख बाट निर्बाचित स्वतन्त्र प्रदेश सभा सदस्य अनिरुद्ध कुमार सिंहले आफू जसपा नेपाल पार्टीमा प्रवेश गरेको लिखित रुपमा मधेश प्रदेश सभा सचिवालयलाई औपचारिक जानकारी गराएको कुरा प्रदेश सभा सचिवालयका निमित्त सचिव अरुण कुमार झाले जानकारी दिएका छन । स्वतन्त्र सांसद सिंहको प्रवेश पछि जसपाको संख्या मधेश प्रदेश सभामा १९ पुगेको छ ।

जसपा नेपालको संसदीय दलमा आबद्ध भएका प्रदेश सभा सदस्य सिंहलाई सार्वजनिक लेखा समिति मै पुन: मनोयन गर्न जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक रामअशिष यादवले प्रदेश सभा सचिवालयलाई सिफारिस समेत गरेको छ ।

सप्तरी जिल्लाको बोदेवर्साईन नगरपालिकाको बोदेवर्साइन बजारमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा जसपाका राष्ट्रिय अध्यक्ष, मधेश आन्दोलनका जनक संघीय सांसद उपेन्द्र यादवले स्वतन्त्र प्रदेश सभा सदस्य सिंहलाई एक महिना अघि पार्टी प्रवेश गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार