https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

नेपालगन्ज, चैत २ गते ।
बागेश्वरी यातायात व्यवसायी प्रा.लि. र भेरी बस व्यवसायी प्रालिको संयुक्त व्यवस्थापनमा भल्भो मापदण्डमा तयार पारिएको रुद्राक्ष एसी एयर सस्पेन्सन थाईरेस्ट सेमी स्लिपर बसले अब नेपालगन्जबाट काँकडभिट्टा सम्मको यात्राको सुरुवात गरेको छ ।

विगतका दिनहरुमा नेपालगन्जदेखि काकडभिट्टासम्म साधारण एसी बसको मात्र आवतजावत हुदै आएको थियोे । लामो रुटको यो यात्राको लागि राम्रो र सुविधायुक्त बसको माग अत्याधिक रहेको हुँदा रुद्राक्षले यो यात्रा सुरु गरेको बागेश्वरी यातायात व्यवसायी प्रा.लि. का महासचिव टंक बस्यालले बताएका छन् ।

यो रुटमा यात्रुहरुको बाक्लो आवतजावत बढेसँगै आन्तरिक पर्यटन प्रबर्द्धनका लागि पनि यात्रुहरुको सहजताकोलागि सुविधा सम्पन्न बसको सुरुवात गरिएको भेरी बस व्यवसायी प्रालिका अध्यक्ष जुम बहादुर थापाले बताए ।

अहिलेसम्म नेपालगन्ज काठमाडौं चलिरहेको रुद्राक्षले यात्रुहरुको सुविधा र सुरक्षामा विशेष ध्यान दिँदै मन जितिरहेको अवस्थामा अब काकडभिट्टा सम्मको यात्रामा पनि उत्तिकै माया पाउने भेरी बस व्यवसायी प्रालिका महाप्रबन्धक कृष्ण सुवेदीले विश्वास व्यक्त गरेका छन् ।

आजदेखी सुरुवातमा आएको बसमा नेपालगन्ज, राँझा र कोहलपुरबाट काकडभिट्टासम्मको यात्रामा झण्डै २८ जना प्यासेन्जर रहेका थिए । उनिहरुलाई टिका लगाएर मिठाई वितरण गरेर नेपालगन्जदेखि बिदाइ गरिएको थियोे ।

मेचीको मितेरी यातायातसँगको समन्वयमा यो रुटको सुरुवात गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार