
पवन प्रसाद साह
पर्सा, चैत ३ गते ।
पर्साकाे बिरगंज महानगरपालिका वडा नं १० को वडा कार्यलय समितीको आयोजनामा र घडिअर्वा स्पोर्ट्स क्लबको सहयोगमा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
आज भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथिका रुपमा रहेका बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले खेलमा हारजित हुने हुँदा यसमा कसैले पिर मान्नु नपर्ने बताए । अहिले खेलकुद जस्ता कार्यक्रममा राजनीतिक भाषणहरु बन्द गर्नुपर्ने उनले बताए । खेलमा राजनीतिक कर्मीहरुले खेलको भावना संग अगाडि बड्नु पर्नेमा उनले जोड दिए । त्यस्तै उनले वडा अध्यक्ष सुशिल साह कानुलाई धन्यवाद दिदै भने वडा नं १० ले आयोजना गरेको क्रिकेट टुर्नामेन्ट एकदम सर्हानिय रहेको आउने दिनमा पनि यस्ता खेलहरु को निरन्तर आयोजना हुनेना आफूले विश्वास लिएको बताए ।
आज भएको समापन कार्यक्रमको अध्यक्षता गरेका वडा नं १० का वडा अध्यक्ष सुशिल साह कानुले चुनाबको बेला आफुले गरेको प्रतिवद्वता अनुसार नै हरेक वर्ष क्रिकेट टुर्नामेन्टको आयोजना गर्दै आएको बताए । बिरगंज महानगर अन्तर्गत रहेको आदर्शनगर खेलकुद मैदानमा अधिक चापले गर्दा ठाकुर राम कलेजको जिर्ण अवस्थामा रहेको खेलकुद मैदानलाई वडा कार्यलय र बिरगंज महानगरको सहयोगमा मर्मत सम्भार गरि टुर्नामेन्ट आयोजना गरेको बताए । त्यस्तै आउने दिनमा ठाकुर राम कलेज कै शिक्षा भवन अन्तरगत खालि रहेको खेल मैदानमा ब्याडमिन्टन कोट र बास्केटबल कोट निर्मान गर्ने आफ्नो योजना रहेको बताए ।
त्यस्तै आज भएको फाइनल खेलमा टिम बागमती लाइ हराउदै टिम कोशीले उपाधी उचालेको छ । २० ओभरको खेलमा टिम बागमती ले १४९ रन बनाएको थियो भने जवाफी ब्याटिङमा उत्त्रेको कोशी टिमले एक विकेटको छतिमा सो लक्ष्य हासिल गरि विजय भएका थिए । टिम कोशीका ओपनर ब्याट्सम्यानले सतकिय साझेदारी गरि आफ्नो टिमको जित सुनिश्चित गरेका थिए । आजको खेलको मैन अफ दि म्याच राहुल साह घोषित भएका थिए ।
आज भएको समापन कार्यक्रममा अतिथिका रुपमा वडा सदस्यहरु संतोषज जेसि चौलागाईं, प्रभु महतो घडिअर्वा स्पोर्ट्स क्ल्बका अध्यक्ष संतोष कुमार साह, टुर्नामेन्ट खेल सहयोजक लखन लाल गुप्ता, छठ पुजा ब्यवस्थापन समितीका अध्यक्ष दिलिप साह कानु, समाज सेवि प्रभाकर गुप्ता लगायतको उपस्थिति रहेको थियो ।