https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, चैत ३ गते । 
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको आयोजनामा बाराको तेलकुवामा दन्त शिविर आयोजना गरिएको छ । बाराको महा गढ़ीमाई नगरपालिका वडा नम्बर ७ स्थित तेलकुवामा आयोजना गरिएको दन्त शिविरमा स्थानीय २ सय ९ जना लाभान्वित भएका छन ।

दन्त शिविरमा महिला पुरुष तथा बालबालिका गरी २ सय ९ जनाले दन्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिएको नेशनल मेडिकल कलेजका प्रवक्ता सेराज अहमदले जानकारी दिए । शिविरमा आएका मध्ये दन्तमा समान्य समस्या भएकालाई तत्काल उपचार गरिनुको साथै औषधि समेत वितरण गरिएको र २८ जनाको दन्त नै निकाल्नु परेको उनले जानकारी दिए। ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष  शिबेन्द्र प्रताप सिंह, विशिष्ट अथितीमा नेशनल मेडिकल कालेज तथा शिक्षण अस्पताल बिरगंजका प्रवक्ता सेराज अहमद लगाएतको उपस्थिति रहेको थियो । दन्त शिविरमा डाक्टर अबिनाश सिंह, डाक्टर हरेन्द्र मोहन सिंह, डाक्टर राजेश साह, डाक्टर सुर्बी मिश्रा र डाक्टर सिमा यादव लगाएतका चिकित्सकहरुले सेवा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार