
बिरगंज, चैत ३ गते ।
पर्साकाे बिरगंजबाट लाईटर र खुर्सानी बाेकेर धनगढी गईरहेकाे ट्रकमा आगलागी भएको छ । बिरगंजबाट लाईटर र खुर्सानी बोकेर धनगढी गइरहेको ट्रकमा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टीपुरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको प्र. ३-०३-००१ ख ००१२ नं को ट्रकमा मुडा र बौनियाको बीचमा आगलागी भयाे ।
घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाए ।
केही दिन अगाडी मात्र चिसापानी कर्णाली पुलमा लाईटर बोकेकै ट्रक आगो लागेर ध्वस्त भएको थियो ।