बारा, चैत्र ३ गते ।
मुख्यमन्त्री सरोज कुमार यादवले बाराको सदरमुकाम कलैयामा वर्षा ड्राईभिङ एण्ड ट्रेनिङ सेन्टरको एक कार्यक्रमका बिच उदघाटन गर्नु भएको छ ।
बारा जिल्लाका नागरिकहरुलाई यातायात संग सम्बन्धित कार्यका लागि बिरगंज सम्म जानु पर्ने बाध्यतालाई अन्त्य गर्दै जिल्लाको सदरमुकाम कलैयामा नै सेवा पाउने भएको हुदा यस क्षेत्रका नागरिकलाई आफनै गाँउठाँउमा सेवा दिन पाउनु निकै सुखद रहेको मुख्यमन्त्री यादवले भन्नुभयो ।
नयाँ गाडी दर्ता नविकरण लगायतका करहरु चैत्र मसान्त सम्ममा जरिवना पुर्णरुपमा छुट भई गाडीको दस्तुर मात्र लाग्ने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री यादवले मौका फाईदा उठाउन सबैलाई आग्रह समेत गर्नु भयो ।
लाईसेन्स लगायतका सेवाग्राही संग सम्बन्धित कार्यमा कुनै प्रकारको अवरोध सृजना नगरी सर्व सुलभरुपमा लाईसेन्स प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन दिदै बदमासी गर्ने कर्मचारीहरुलाई कार्वाही गर्ने चेतावनी समेत दिनु भयो ।
फरक प्रसंगमा मुख्यमनत्री यादवले आफु मुख्यमन्त्रीको पद सम्भालेपछि बारा, रौतहट र सर्लाही जिल्लामा यतायात कार्यालयको स्थापना गरि ती ठाँउहरु बाट नै सेवा प्रदान गर्दै आएको जानकारी समेत गराउनु भएको थियो ।
जिल्लाको सदरमुकामहरुमा प्राय प्रदेश सरकारले जनतासंग सरोकार राख्ने सबै कार्यालयहरुको शाखा स्थापना गरिएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री यादवले जनतालाई छिटो छरितो रुपमा सेवा प्रदान हुने बिश्वास ब्यक्त गर्नु भयो ।
आउने होलीलाई भडकिलो नबनाउन र अरुलाई असर पर्ने गरि होली नखेल्न सबैलाई आग्रह गर्दै मुख्यमन्त्री यादवले सदभाव, सहकार्य, भाईचराको समन्ध गासी शान्ति पुर्वक होली खेल्न प्रदेश भरीका जनतालाई अपिल समेत गर्नुभएको थियो ।
वर्षा ड्राईभिङ एण्ड ट्रेनिङ सेन्टरका संचालक राजकुमार पटेलको अध्यक्षतामा सम्पन्न सो कार्याक्रममा जनता समाजवादी पार्टीका राजनितिक समिति सदस्य रामकिशोर यादव, जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साह, जसपाका केन्द्रिय सदस्य प्रकाश चौगाई, लोसपाका केन्द्रिय सदस्य डाक्टर कमरुल्लाह अंसारी लगायतकाले आफनो बिचार व्यक्त गर्दै सेन्टरको स्थापनाले जिल्लाबासी निकै फाईदा भएको कुरामा जोड दिनुभएको थियो ।
ट्रेनिङ सेन्टरका संचालक सदस्य सिकेन्द्र दासले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

