जनकपुरधाम, चैत्र ४ गते ।
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष संघीय सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले महोत्तरीको जानकी एकेडेमी अस्पताल पर्सा देवारमा वृक्षारोपन गरेका छन ।
जसपा नेपालको मधेश प्रदेश समितिको आयोजनमा संचालन हुने तीन दिने प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण तालिमको प्रथम दिन वातावरण संरक्षणको संदेश दिदै जसपा नेपालका राष्ट्रिय अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ तथा जनसंख्या मंत्री यादवले वृक्षारोपन गरेर प्रशिक्षण तालिमको शुभारम्भ गरेका छन ।

कार्यक्रममा जसपाका राजनीति समिति सदस्य पुर्व मंत्री हरिनारायण यादव, पुर्व स्वास्थ तथा जनसंख्या राज्य मंत्री डा. सुरेन्द्र यादव, मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मंत्री सुरिता साह, उर्जा तथा सिंचाइ मंत्री सिंहासन कलवार, प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादव, प्रदेश सांसद रामअशिष यादव, प्रदेश सांसद सरोज सिंह कुशवाहा, पुर्व सांसद अशोक यादव सहितका नेताहरुको सहभागिता रहेका थिए ।
जसपा नेपाल मधेश प्रदेश समितिका प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवको अध्यक्ष्ता र जसपा नेपालका राष्ट्रिय अध्यक्ष, उपप्रधानमन्त्री एवं स्वास्थ तथा जनसंख्या मंत्री उपेन्द्र यादवको प्रमुख अतिथिमा भैई रहेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण तालिममा सय जना भन्दा बढि नेता र कार्यकर्ताहरु सहभागी रहेका छन ।

