https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, चैत गते ।
डिभिजन वन कार्यालय सिरहाको गस्ती टोलीले साल प्रजातिको काठसहित ओसारपसारमा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको छ ।

बन्दीपुर सबडिभिजन प्रमुख वन अधिकृत मो. आबिद हुसेन नेतृत्वको वनगश्ती टोलीले मंगलबार एकाबिहान जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर २ स्थित वनक्षेत्रमै पर्ने पूर्वपश्चिम राजमार्गबाट काठ ओसार्नेहरूले प्रयोग गरेका दुई सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ ।

डिभिजन वन कार्यालय सिरहाका प्रमुख एवम् डिभिजनल वन अधिकृत सुजितकुमार झाले गश्तीटोलीले चुरे वनक्षेत्रबाट अवैध रूपमा ल्याएको हुनसक्ने आशंकामा विभिन्न नापसाइजका साल प्रजातिको काठसहित तीनजनालाई नियन्त्रणमा लिइएको बताए ।
उनले नियन्त्रणमा लिइएका सवारीसधानमा एक योद्धा भ्यान र तीन मोटरसाइकल समेत रहेको जानकारी दिए ।

नेपाल प्रहरीको बन्दीपुर एकाइको सहयोगमा मंगलबार उज्यालो हुनुअघि बिहान साढे तीन बजे नै भएको सो कारबाही गर्ने वनगश्ती टोलीमा एएफजी कमान्डर जमदार ब्रह्मदेव यादव, एएफजी चौहर्वा कमान्डर जमदार योगेन्द्र यादव र उनी नेतृत्वको समूह, एएफजी बन्दीपुर कमान्डर जमदार कारीराम ठाकुर र उनी नेतृत्वको समूह रहेका थिए ।

चुरे वनक्षेत्रबाट काठ ओसार्ने काममा सामान्यतया काठ तथा फर्निचर व्यवसायी समेत संलग्न हुने गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार