https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, चैत ६ गते ।  
आम जनता पार्टीका केन्द्रीय सदस्य निवेश यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार जसपा केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले यादवसहितका आजपा नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् ।

आजपा केन्द्रीय सदस्य निवेश यादव पार्टीको केन्द्रीय प्रचारप्रसार विभाग उपप्रमुख तथा आजपा निकट युवा संगठन आईटी आर्मीका दोस्रो वरियताको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । आजपा अध्यक्ष प्रभु शाह शहरी विकासमन्त्री रहँदा उनका प्रेस सल्लाहकार समेत भएका यादव उनको सचिवालय सदस्य समेत हुन् ।

जसपा प्रवेशपछि छोटो प्रतिक्रिया दिँदै यादवले प्रभु शाहको पार्टीको कुनै स्पष्ट विचार, नीति तथा गन्तव्य नरहेकोले आफुले जसपा रोजेको बताए । मधेशी, जनजाति, आदिवासी लगायतका उत्पीडितहरुको लागि निरन्तर लडाई लडिरहेको पार्टी भएकोले जसपा प्रवेश गरेको बताउँदै यादवले उपेन्द्र यादवले मात्र मधेशीलगायतका उत्पीडितहरुको हक दिलाउन सक्ने जीकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार