
सुनसरी, चैत ७ गते ।
सुनसरीको धरान स्थित बिपी कोइराला प्रतिष्ठानको हाताभित्र हत्या गरिएको अवस्थामा एक किशाेरीकाे शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रतिष्ठानको नयाँ भवन आसपास अन्दाजी २० वर्षीया किशाेरीकाे शव भेटिएको हो । शवको प्रकृिती हेर्दा हत्या गरेर फालेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।
घटना प्रकृिती हेर्दा महिलाको घाटीमा चोट देखिएको प्रहरीले जनाएको छ । मृतकबारे पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ भने घटना सम्बन्धी अनुशन्धान भइरहेको पनि जानकारी दिएको छ ।