https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनुषा जिल्लाको मिथिला नगरपालिका–५ श्रीपुरका रामपृत महतो । तस्बिर : राजकरण महतो

 

राजकरण महताे 
काठमाडौं, चैत ७ गते ।  
धनुषा जिल्लाको मिथिला नगरपालिका–५ श्रीपुरका रामपृत महतो  विगत ३/४ दिनदेखि सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालय धाइरहेका छन् । प्रधानमन्त्रीलाई भेटेर नाति दिलीप महतोलाई पर्यावरण सहिद घोषणाको माग गर्न छोरा, बुहारी, नाति–नातिनी सहित उनी राजधानी आएका हुन् ।

धोती, कुर्ता र गमछा लगाएका एक वृद्ध सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयको बगैंचामा पल्टिरहेका छन् । घरी प्रहरीतिर हेर्छन्, घरी गाडीतिर, छोरा, बुहारी, नाति–नातिनी सहित उनी राजधानी आइपुगेका छन् । प्रधानमन्त्रीलाई भेटेर दुःख बिसाउने  रामपृत महतोको उद्देश्य हो ।

उनका नाति दिलीप (ओमप्रकाश) महतोको साढे चार वर्षअघि हत्या गरियो, त्यो पनि चुरे क्षेत्रको संरक्षण गर्न खोज्दा । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलाको उत्खनन रोक्ने क्रममा क्रसर माफियाले उनका नाति दिलीपलाई टिपरले किचेर हत्या गरेका थिए । नातिको हत्या गरिए पनि न्याय नपाएपछि उनी परिवार सहित राजधानी आएको बताउँछन् ।

उनको माग छ– नातिलाई पर्यावरण सहिद घोषण गरियोस। देशभरि भइरहेको अबैध खोला उत्खनन तथा क्रसर बन्द गरियोस् ।’ तिनै वृद्धसँग अन्नपूर्णकर्मी राजकरण महतोले गरेको कुराकानी :

तपाईंको नाम के हो ?

रामपृत महतो

घर कहाँ हो ?

धनुषा जिल्ला, मिथिला नगरपालिका–५ श्रीपुर ।

उमेर कति भयो ?
खोक्दै, लगभग ९५ भयो ।

यहाँ किन सुत्नुभएको हो ?
प्रधानमन्त्रीलाई भेट्न ।

प्रधानमन्त्री भेट्नुभयो त ?
छैन ।
भेट्न आएको भनेर खबर पठाउनुभएको छ त ?
पठाएको छु ।

के भने त प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले ?
अहिले बैठक छ रे ! गेटकी (गेटमा बस्ने सुरक्षाकर्मीले) तपाईंंहरू उतै गएर बस्नुस् भने ।  त्यही भएर हामी गाछी (रुख) तल गएर बस्यौं । तबमा उठादिनुभयो (त्यहाँबाट उठाइदिनुभयो) । यहाँ आएर बस्यौं ।

प्रधानमन्त्रीलाई किन भेट्न खोज्नुभएको हो ?

दुःख, सुखको कुरो बतियाउनु (भन्नु) छ । बौवा (बाबु)लाई क्रसरवालाहरूले मारिदिए । अब के, कसरी हुन्छ ? सरकारबाट सहजोग (सहयोग) चाहियो । त्यही कुरा भन्नु छ । प्रधानमन्त्रीलाई भन्छु केही निर्णय गरिदिनुुस् । नातिलाई त दुश्मनले खायो । छोरो पनि बिरामी छ । ६ वटा नातिनी छन् । एउटा पिलुवा (अबोध) नाति छ । उसको भविष्य बनाइदेओस् सरखार (सरकार) ले । उनीहरूलाई सरकारले पढाइ÷लेखाइ गराइदेओस् ।  पोतिहरूको (नातिनीहरू) को शादी(विवाह) गर्नु छ । उनीहरूको संरक्षण चाहियो (रुँदै) ।

काठमाडौं कहिले आउनुभएको हो ?

तीन–चार दिन भयो।सरकारसँग अहिलेसम्म केही गरेन र ?
अब त म मर्ने अवस्थामा पुगेँ । उसले (नाति)ले देशको सम्पत्ति रक्षा गर्न ज्यान दियो । त्यसको सम्मान सरकारले गरोस् । उसलाई पर्यावरण सहिद घोषणा गरिदेओस् । अबैध खोला खन्ने काम र कानुन हातमा लिएर क्रसर चलाउने सबैका कामकाज बन्द हुनुपर्‍यो । ६ जना पोती (नातिनी) र एउटा नाति छ । बेटा (छोरा) बेमार (बिरामी) छ । अब हाम्रो निगरानी र निर्वाह कसरी हुन्छ ? त्यो सरकारले गरिदेओस् ।

सरकारसँग अहिलेसम्म केही गरेन र ?
अब त म मर्ने अवस्थामा पुगेँ । उसले (नाति)ले देशको सम्पत्ति रक्षा गर्न ज्यान दियो । त्यसको सम्मान सरकारले गरोस् । उसलाई पर्यावरण सहिद घोषणा गरिदेओस् । अबैध खोला खन्ने काम र कानुन हातमा लिएर क्रसर चलाउने सबैका कामकाज बन्द हुनुपर्‍यो । ६ जना पोती (नातिनी) र एउटा नाति छ । बेटा (छोरा) बेमार (बिरामी) छ । अब हाम्रो निगरानी र निर्वाह कसरी हुन्छ ? त्यो सरकारले गरिदेओस् ।

घरपरिवार कसरी चलेको छ ?

घरमा सबैचिजको समस्या छ । जब मेरो पोता(नाति) नै गइसक्यो, अब हामीसँग केही रहेन । योभन्दा ठूलो जिन्दगीको दुःख के हुन्छ ?

नाति कति वर्षका थिए ? 
ठक्काकै (ठ्याक्कै) भन्न सक्दिनँ। (सोच्दै) त्यस्तै २५ वर्षको जतिको थियो। बौवालाई इन्जिरिङ (इन्जिनियर) पढाएको थिएँ । (भक्कानिँदै) हामीलाई कमाएर गुजारा चलाउँछ कि भनेर सोच्दै थिएँ, तब त उसको ज्यान गइहाल्यो । 

नाति कहाँ पढ्दै थिए ?
इन्डिया (भारत) को भोपालमा ।

क्रसरवालाले किन मारे त ?
क्रसरवाला धार (खोला)मा खता(खाल्टो) खन्दै थिए । बौवा (नाति) रोक्न गयो । क्रसरवालाहरू मिलेर एकगुट बनाए । यताउता घुसघास दिएर मेरो बौवाको मिल्वा (साथी)हरू फुटायो । त्यसपछि मेरो बौवालाई छल गरेर धार (खोला)मा लग्यो । क्रसरमा पक्रेर राख्यो । देहहात (शरीर)मा रड लिएर घोचिदियो । मारिदियो ।  घटना लुकाउन खोलामा लगेर टिपरले किचिदियो । गाडीले ठक्कर दियो भनेर त्यसलाई लुकाउन लागेका थिए । आन्दोलन भयो । पत्रकार आए । सबै कुरा बाहिर ल्याइदिए । घटना लुकाउन पाएनन् ।

काठमाडौं आएपछि क–कसलाई भेट्नुभयो ?
चारैतिर ठूला घरहरू थियो । धेरै पुलिसहरू बन्दुक लिएर खडा (उभिएका) थिए । छोराले भन्यो– यो ठाउँ सिंहदरबार हो ।  गृहमन्त्रीले भेट दिनुभयो । सबै दुःख सुनाएको छु । नातिले पहाड, जंगल, खोला बचाउन ज्यान दियो । उसलाई पर्यावरण सहिद बनाइदिनुस् भनेको छु । 

गृहमन्त्रीले के जवाफ दिनुभयो त ?
हुन्छ, सबै गर्छु । मलाई सबै कुरा थाहा छ, भन्नुभयो ।

किन रोइरहनु भएको त अझै ?
त्यही हीरा (दिलीप)का लागि रोइरहेका छौं । (मौनता छायो)
दिलीपको सम्झना कत्तिको आउँछ ?
बौवा (अन्नपूर्णकर्मीलाई सम्बोधन गर्दै) मेरो त अब केही छैन यो दुनियाँमा । बौवा(नाति) गयो । त्यो दिनदेखि मैले धेरै बुझदिनँ ।

नातिले तपाईंलाई कसरी सघाउँथे ?
राति ओछ्याउनबाट उठेर पनि भेट् गर्न आउँथ्यो । र भन्थ्यो, ‘बाबा (हजुरबुवा) ठन्डा मौसममा जाडो लाग्छ, हिटर बालिदेऊ?  गर्मीमा गरम लाग्छ, पंखा चलाइदिऊ ? खाना खानुभयो ?’ भनेर हरेक क्षण बौवा मेरो सेवामा तयार रहन्थ्यो । अब त बौवा गइसक्यो । कसले मेरो सेवा गर्छ ?  बेटा बिरामी छ । सानो नाति छ, मेरो तागत भएको भए म उसलाई सेवा गर्थें । त्यो काम पनि म गर्न सक्दिनँ ।


तपाईंका नाति दिलीप खोला खन्न किन रोक्न जान्थे त ? 
खोला किनारमा हाम्रो जमिन पर्छ । त्यहाँ क्रसरवालाहरूले खदिँया (खाल्टो) खनेर बालुवा, गिटी निकाल्थे । गाउँ भाँसिन्छ, बाढीले बगाउँछ भनेर नातिलाई चिन्ता थियो । किनभने उ इन्जिनियर पढ्दै थियो, सबै कुरा बुझ्थ्यो । क्रसरवालाहरू राति, राति जेसीबी लिएर आउँथे । कमसे कम ८—१० वटा ल्याएर आउँथे । खत्ता (खाल्टो) खनेर बालुवा गिटी निकाल्थे । त्यसैले उ रोक्न जान्थ्यो, गाउँ बुर्छ (सिद्धिन्छ) भनेर ।

त्यसैकारण हत्या गरेका हुन त ?
मेरो पौता इन्जिनियरको अन्तिम परीक्षा दिएर घर आएको थियो । घर आएको पनि ८–१० दिन भएको थियो । क्रसरवाला मिलेर उसलाई खोलामा मारिदिए ।  बौवा (अन्नपूर्णकर्मीलाई सम्बोधन गर्दै), बिर्सिन सकिरहेको छैन उसलाई । उ घरको खाँम्ब (खामा) थियो । (रुँदै) बिर्सिन सक्दिँन कुनै दिन पनि ।

उनी नै घरका खम्बा थिए र ?
उ घरकको गर्जियन (अभिभावक) बनिसकेको थियो । जेठो छोरो थियो । उसको बुवा बेराम (बिमारी) थियो । घरको भार उसले नै उठाएको थियो । बुवाको दवाईबिरो (औषधि उपचार) देखि अरू सबै उसले गथ्र्यो । सबै बहिनीलाई पढाउँथ्यो, आफै पनि पढ्थ्यो ।

खोला खन्दा के समस्या आएको थियो ?
धार(खोला) खनेर धेरै तलाउ (गहिरो) गर्दा बाढी आउँथ्यो। खोला पजरा (किनार) लाग्थ्यो । खोलानजिकै गाउँ छ । त्यसले गाउँ बगाउने जोखिम हुन्छ । हाम्रो गाउँको नजिकैपूर्वमा खोला छ ।

खोला खन्दा अरू के–के समस्या आउँछन् ?
अरे, पूरै गाउँ नै उज्रिन्छ (उजाडिन्छ) नि। गाउँ रहे न मान्छे बस्छन । त्यहाँको जमिन मुनि गिट्टी बालु नै छ । माटी(माटो) छैन । बाढी आउँदा अन्धुन(जथाभावी) धँसना(पहिरो) खस्छ । खेतमा खोला बग्छ ।


बाढीले खेतमा कत्तिको असर पुर्‍याएको छ त ?
हँ, बाढीले खेत खाइसक्यो । हाम्रो तीनवटा पलोट(कित्ता) धार किनारमा पर्छ । सबै गरेर १ बिघाभन्दा बढी खेत बाढीको बालुवाले पुरिसक्यो । 

खेत कति छ तपाईंको ?
हामी चार दाजुभाइ हौं । हाम्रो २२ बिघा खेत थियो । हामी भिन्न(छुटिँदा) ५—५ बिघा जति भागमा पर्‍यो । अरू घरको कामकाज मिलाउँदा सकियो ।

घरमा कति जना हुनुहुन्छ ?
मेरा २ छोरा र १ छोरी हुन् । आजभोलि त घरभरि नातिनातिनी छन् ।
तपाईंको नाति मारिएपछि खोला खन्ने काम रोकियो त ? 
खोला खन्ने काम अझै बढेर गयो । अहिले खोला झन्–झन् गहिरो हुँदै गएको छ । क्रसरवालाहरूले अब त लोक(गाउँ)हरूलाई धाकधम्की पनि देखाउन थालेका छन् ।

कस्तो धाकधम्की ?
गहिरो खाल्टो किन खन्छौं भनेर कसैले प्रश्न गर्‍यो भने उनीहरू ‘दिलीपलाई मारिदियौं, के भयो ? तिमीलाई पनि मारिदिन्छौं’ भनेर धम्की दिन थालेका छन् ।

धेरै दुब्लो देखिनुभयो त ?
शरीरमा जरबोखार (बिराम) केही छैन । नातिको शोग(शोक)ले शरीर कमजोर बनायो ।


स्कुल पढ्नु भएको छ ?
म त पढेको छैन । हामी चार भाइमध्ये दुई भाइले मात्रै पढे ।

किन पढ्नु भएन ?
त्यो दिनका लोक (मान्छे)हरू पढ्ने चलन थिएन । मान्छेहरू सुद्धा(सीधा) हुन्थे । खेतीगृहस्थीमा लाग्थेँ । त्यसैमा जीवन बिताउँथे । अहिले त गरिबभन्दा गरिबले पनि धियापुता (केटाकेटी)लाई पढाउँछन् ।

बालापन कसरी बिताउनुभयो ?
जबदेखि म बुझ्ने भएँ । गाईमाल (गाईवस्तु) पाल्यौं । भैंसी, गाई र खेतीकै काम गरेर जीवन बित्यो ।

जवानीमा गाई/भैंसी कति पाल्नुभएको थियो ?
त्यस्तै ९०—९५ वटा गाई थिए। ८—९ वटा भैंसी थिए । वस्तुभाउको मलमुत्र खेतीमा हाल्थ्यौं । दूध दही धियापुता, जनवनले खान्थ्यौं । घरमा १० लिटरभन्दा कम दूध कहिल्यै पनि भएन । गाईको हेँर(बथान) नै थियो । अहिले बाँच्छाबाँच्छी गरेर ७ वटा मात्रै छन् ।


त्यो बेला दिन कसरी कट्थे ?
बिहानै ८ बजे घरबाट जान्थ्यौं । राति ९ बजेतिर गाईभैंसी लिएर फर्किन्थ्यौं । दिनभरि गाई÷भैंसीको गोठालोमै दिन चल्थे । अहिले काठमाण्डु आउँदा त कहाँ न कहाँ आएजस्तो भयो । गाडी नै गाडी, घरै घर छन् । बाफरे बाफ !


कुन जंगलमा वस्तुभाउ लिएर जानुहुन्थ्यो ?
नेमुवा, बर्दिया, धौवाई, बिरई, कमलदह जान्थ्यौं । ६ महिना देशमा बस्थौं ।


कहाँको देशमा ?
आफ्नै नेपालमै, आफ्नै जिल्लामा । जहाँ धान उब्जिन्छ ।


किन देश जानुहुन्थ्यो ?
गाईभैंसीलाई घाँस खुवाउन । अगहन (मंसिर)देखि अखार(असार)सम्म उतैको बसाइँ हुन्थ्यो । त्यो बेला बजार, दोरीदोकान थिएन ।


त्यसबेला दूध बिक्री गर्ने चलन थियो ?
७–८ जनाको भैंसबार(गोठालो)को गु्रप हुन्थ्यो । सबैजनाले आफ्नो गाई÷भैंसी दुहुँदा एक खोर, दुई खोर दूध हुन्थ्यो । गोठमै पैनी (खाल्टो खनेर माटोको भाडा) मा दूध हाल्थ्यौं । दही जमाउँथ्यौं । कोही किन्न आए दही बिक्री गथ्र्यौ ।

कति आम्दानी हुन्थ्यो ?

आँ, त्यो बेला डौवा (रुपैयाँ) को कुनै मूल्य नै थिएन । चामलसंग दूध, दही साटासाट हुन्थ्यो । एक लिटर दूध दिँदा एक किलो चामल आउँथ्यो । सबै चरवाह (गोठालो) मिलेर त्यही चामलको खाना पकाएर खान्थ्यौं । नजिकै भुतही गाउँ पथ्र्यो । त्यहाँबाट मान्छेहरू आउँथे, दूध, दही लिएर जान्थे । विवाह शादीको महिनामा गोठमै पुगेर दही लिन आउँथे । हामीलाई दश खोर दही चाहियो, भन्थे । हामी दिन्थ्यौं । चाइरअने (चारआना) लिटरमा दूध–दही बिक्री हुन्थ्यो । तर, त्यो जमानामा पैसा नै हुँदैनथ्यो । दही र दूध अन्नसँग साटने चलन थियो ।

गाई/भैंसीको गोबर के गर्नुहुन्थ्यो ?
६ महिनाको गोबर उतै देश (चराउन लैजाने ठाउँमै) हुन्थ्यो । जसको जमिनमा गोठ राख्थ्यौ, उसैको गोबर हुन्थ्यो । ५ कट्ठामा जमिनमा त गोठै हुन्थ्यो । ८ सय गाईभैंसी हुन्थे । जब अखार (असार) मा आफ्नो गुहाली (घर) मा गाई/भैंसी ल्याउँथ्यौ, त्यस बेलाको गोबर भने आफ्नै हुन्थ्यो ।

जंगलमा कहिले जानुहुन्थ्यो वस्तुभाउ लिएर ?
असारसम्म चौरीमा राख्थ्यौ । साउनदेखि घर नजिकैको जंगलमा गाई/भैंसी चराउन लग्थ्यौ ।

पहिलाको जंगल र अहिलेको जंगलमा के फरक छ ?
अहिले त जंगलमा केही छैन ।


पहिले के–के पाइन्थे ? 
पहिले सखुवा (साल) टाल (धेरै) हुन्थे। टेउन, कुमही, हारे, आम, अमली, रिखिया, जामुन, बास लगायतका हरेक चिज पाइन्थे जंगलमा । जंगल भरिभराउ मात्रै हुँदैन्थ्यो, फलफूलले पनि सजिएका हुन्थे । अहिले त सबै काटेर सखाप पारिसके ।

किन मासियो होला त वन ?
वनमा समिति लाग्यो। समितिहरू पैसा खाएर मोटाए । सबै जंगल सकियो ।


पहिला नदी र खोला कस्तो थिए ?
नदीमा पानी बग्थ्यो । वर्षातमा  १०—१२ खोलाको पानी आउँदा चौरीहरू (वस्तुभाउ) पल्टिल्थे । धान, मरुवा जे लगाउँदा पनि मनग्य फल्थ्यो ।

अहिले कस्तो छ ?
अहिले त अन्नबाली फल्न छोड्यो । क्रसरवालाहरूले खोलालाई गहिरो बनाए । खेतमा पानी चढ्दैन । बाढीले खेत बगाउन थाल्यो। कटान गर्‍यो भनेर किनारमा बालु, माटी पत्थल (माटो, बालुवा, ढुंगा) जम्मा गरेर राख्यो । बिहान त त्यहाँ केही पनि हुन्न । उठाएर लगिसकेको हुन्छ ।

कसले लान्छ र ?
त्यही क्रसरवालाहरूले। उनीहरू गिटी, बालुवा बिक्री गर्छन् । सम्पत्ति बनाउँछन् । हिजोसम्म उनीहरूको केही थिएन, आज उनीहरूसँग गाडीघोरा सबै भइसके । तर, सरकारी नदी र वन भने सकिँदै गए ।

प्रहरीले उनीहरूलाई पक्राउ गर्दैन र ? 
पुलिस (प्रहरी) धार (खोला)मा जान्छन । तस्करहरूले पाँचपाई (दुईचार पैसा) उनीहरूको जेबी(गोजी) मा हालिदिन्छ। अनि भर्ती (लोड) गाडीलाई पनि छोडेर पुलिस फर्किहाल्छ । ढेउवा(रुपैयाँ) मा सबै भुल्छन् ।

सरकारले किन निगरानी नगरेको होला ?
पुलिस प्रशासनले सरकारलाई मालुम (जानकारी) दिए पो । उनीहरूको गोजीमा क्रसरवालाहरूले पैसा हालिदिन्छ । अनि, चुप लाग्छन् ।

नदीमा पानी देखिन छोड्यो, कस्तो असर परेको छ ?
नदीमा पानी छैन। इनार सुके । चपाकल हराए । मान्छेलाई खाने पानीको पनि समस्या भइसक्यो ।

पहिले कति खन्दा पानी आउँथ्यो ?
चालीस—पैंतालीस हातमै मज्जाले पानी आउँथ्यो ।

अहिले ?
सय हात तल जाँदा पनि पानी पाउन मुस्किल छ । पहिला नदीमा त्यसै पानी बग्थ्यो। अहिले त्यहाँ चुट्टी(कमिला) हिँड्छन् ।

नदीकै पानी प्रयोग गर्नुहुन्थ्यो पहिले ?
हो, औरही नदीबाट पानी लगेर खान्थ्यौ । जहाँ मेरो नातिलाई क्रसरवालाहरूले मारिदियो । त्यहीँ खोलाको औरही थान भन्ने ठाउँमा बाँधबाँथ्यौ । गाउँमै पानी आउँथ्यो । लत्ताकपडा धुने, नुहाउने, खाने, सिँचाइ गर्ने सबै त्यही पानीको प्रयोग हुन्थ्यो ।

कुन महिनामा बाँध बाँध्नुहुन्थ्यो ?
असारमा, असार महिनादेखि फागुनसम्म पानी आउँथ्यो । औरही खोलाबाट ४० वर्ष अघिसम्म सयौं बिघा खेतमा सिँचाइ हुन्थ्यो । श्रीपुर, विश्रामपुर, नक्कटाझिजका जग्गाहरूमा सिँचाइ हुन्थ्यो । अब त बाँध पनि कहाँ हरायो, हरायो ।

खोला किन सुक्यो ? किन सुक्यो ?

त्यो त मालिक(भगवान्) लाई थाहा होला । तर आजभोली जंगलीझार केही छैन । पहिला आकाशबाट पानी बर्सिन्थ्यो । ६ महिना बढी भयो, पानी नपरेको । पुर्वा नक्षत्रमा एकदिन मात्रै पानी पर्‍यो । जति सक्यो किसानहरूले धान रोपे । त्यसदिनदेखि आकाशबाट इन्द्रभगवान्ले थोपो पानी झारेनन् पृथ्वीमा । अहिले अनिकाल पर्दै गयो । मान्छे पापी भए । देवताहरू पनि रिसाएजस्तो छ ।

नदी दोहनले के–के दुःख भोग्नुभयो ?
खेती हुन छोड्यो, अन्नको समस्या भयो । इनार सुक्यो, पिउने पानी पाउनै कठिन छ । गाँउमा एउटा बोरिङ छ । त्यसलाई चारैतिर नचाउँदा ४० बिघामा गहुँ बाली लगाइयो । केहीले पटाएर कुसियार(उखु) रोपेका छन् । धेरै खेत बाँझै छन् ।

नदी र वन कसले सके जस्तो लाग्छ ? 
केही तस्कर र गुन्डाहरूले वन र नदी खाइसके । नेताहरूले पनि उनीहरूलाई पालिरहेका छन् ।


यसबाट नेतालाइ के फाइदा हुन्छ र ?
आफ्नो जेबी (पकेट) भर्नका लागि । जति जंगल थियो, सबै कटानी गरेर नेताहरूले पकेटमा हालिसके । अहिले नदी खनेर हाल्दै छन । यो पनि त एक दिन सकिन्छ । सरकारले जंगल काट्ने, नदी खन्नेलाई बाँध्ने, पक्रिने, थुन्ने काम गरेको भए तस्करहरू पनि डराउँथे । त्यो त भएन । सबै मिलेका छन् । नदीनाला, वन लुटेका छन् । जसको केही थिएन, उनीहरू गाडीघोरा किनेका छन् । सम्पत्ति जोडेका छन् । सभार : अन्नपूर्ण

प्रतिक्रिया

सम्बन्धित समाचार