https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत ८ गते ।
सामाजिक सञ्जाल र गीतकथामा सुनिएको परिक्रमा यात्राको वास्तविकतालाई प्रत्यक्ष अनुभव गर्न, समाजिक सदभाव कायम राख्न र युवामा जनजागरणका लागि मिथिला माध्यमिकी परिक्रमा यात्राको सम्पूर्ण पन्द्रह पड़ाव स्थल भ्रमण तथा अवलोकनका लागि एक दिने मोटरसाईकल परिक्रमा यात्रा गत वर्ष देखी सेभ जलेश्वरले नेतृत्व गर्दै आईरहेको छ । यस वर्षपनि सेभ जलेश्वरद्वारा पन्द्रह दिने परिक्रमा यात्राको सम्पूर्ण पड़ाव स्थलमा भ्रमण अवलोकन गर्न मोटरसाईकल यात्रा गरिने छ ।

 

जलेश्वर नागरपालिकाको सहकार्य र सेभ जलेश्वरको आयोजनामा यस वर्षको यात्रा चैत्र १० गते शनिबार बिहान जलेश्वरनाथ महादेव मन्दिरबाट प्रारंभ हुनेछ । मोटरसाईकल यात्रामा सहभागी हुने श्रद्धालुहरुको भोजन व्यवस्थापन सँगै सुरक्षाका लागि नेपाल प्रहरीको सक्रियता र आवश्यक आकस्मिक सहयोग जलेश्वर नगरपालिकाको सहकार्यमा हुने सेभ जलेश्वरका रोहित साहले जानकारी दिएका छन ।

 

मिथिला माध्यमिकी परिक्रमा खाली खुट्टा गरिने पदयात्रा हो । यो यात्रा त्रेतायुग देखि पुस्तान्तरण हुँदै हाल समम्  निरन्तरता पाएको छ । महन्थ, साधु, सन्त र गृहस्थ यात्रिहरुको भजन किर्तन र धार्मिक आस्थाले ओतप्रोत रहेको पदयात्रा मिथिलाको प्रतिक र जनआस्था लाई जीवित राखेको छ ।

 

तर त्रेतायुग देखि पुस्तान्तरण हुँदै आइरहेको मिथिला माध्यमिकी परिक्रमा यात्रामा भने युवाहरुको सहभागिता उत्साहजनक नरहेको प्रति सेभ जलेश्वरका रोहित साहले चिन्ता व्यक्त गरेका छन । आधुनिकीकरण, भडकिलो जीवन शैली, पेशा व्यवसाय, वैदेशिक रोजगार लगायतका जिम्मेवारिले गर्दा लोकआस्थाको यो यात्रालाई निरन्तर बनाई राख्न पुस्तान्तरण गर्न वर्तमान समयको माँग अनुसारनै हामी लागिपर्ने आवश्यक रहेको उनको भनाई छ । तिर्थयात्रा, धर्मिक यात्रा, मठमन्दिरमा पुजा अर्चना वृद्धा अवस्थामा गर्ने कर्म हो भन्ने बुझाईले गर्दापनि धार्मिक गतिविधिमा युवाहरुको उदासिन उपस्थिति हुनसक्ने उनको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार