जनकपुरधाम ८, चैत्र गते ।
विश्व स्वास्थ्य दिवस २०८० को अवसरमा जनकपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। “स्वस्थ मुख भनेको स्वस्थ शरीर हो” भन्ने नाराका साथ नेपाल डेन्टल एशोसिएसन धनुषा शाखाले हरेक वर्ष मनाउँदै आएको विश्व मुख स्वास्थ्य दिवस यस वर्ष पनि एशोसिएसन धनुषाद्वार विभिन्न स्थानमा मुख स्वास्थ्य सम्बन्धी निःशुल्क मुख स्वास्थ परीक्षण उद्देश्यका साथ व्यवस्था गरी कार्यक्रमहरु आयोजना गरेका थिए ।

दिवसको अवसरमा एसोसिएसनले पहिलाे दिन चेत्र ६ गते जनकपुर स्थित जानकी बृद्ध आश्रममा निःशुल्क मौखिक स्वास्थ्य परीक्षण, दाँत माझ्ने र पेष्ट लगायत अन्य औषधिहरू वितरण गरिएको थियो। त्यसतै जनकपूर स्थित ओम शक्ति स्कुलमा एसोसिएसनले मुख तथा दाँत कसरी सफा राख्ने ? कस्ता आहारविहार गर्दा मुख र दाँत स्वस्थ्य र सफा रहन्छ? लगायतका बारेमा विद्यार्थीहरूलाई सचेतना दिएका थिए ।

मार्च २० विश्व मुख स्वास्थ्य दिवसको दिन एसोसिएसनलले जनकपुरको विभिन्न स्थानमा मुख स्वास्थ सम्बन्धी बृहत जनचेतनामुलक र्याली आयोजना गरि नेपाल डेन्टल एसोसिएसन धनुषाका अध्यक्ष डा. निमु यादव, उपाअध्यक्ष डा. अनिस साह, महासचिव डा. राम पदराथ यादव, कोषाध्यक्ष डा. अमृता पाण्डे, सहसचिव जगदीप साह, सदस्यहरू डा. सुनिल महासेठ, डा.यशु गुप्ता, डा. मिशा महासेठ र डा. राजु साह लगायत धनुषा जिल्लाका सबै दन्त चिकित्सक तथा दन्त विशेषज्ञहरुको विशेष सहभागीमा कार्यक्रम भव्यताका साथ मनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार