https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, चैत्र ९ गते ।
समृद्धिका मुख्य आधार स्तम्भ शिक्षालाई सुधार गर्न उदेश्यले सामुदायिक विधालयमा अध्ययनरत बालबालिकाहरुलाई परिक्षा प्याड, कापी, डटपेन र सहितका परिक्षा अस्त्र उपलब्ध गराईएको छ ।

शिक्षा सुधार नियमित अभ्यासको क्रममा शिक्षा प्रेमि प्रदेश सांसद रामअशिष यादवको प्रयास र श्री जगदीश गोयन्का प्रतिष्ठान जनकपुरधामको सहयोगमा श्री निम्नमाध्यमिक विधालय तेतरियाको कक्षा ८ को बोर्ड परिक्षामा सहभागी हुने परिक्षार्थीहरुलाई परिक्षाका लागि अति आवश्यक हुने परिक्षा प्याड र डटपेन सहितका परिक्षा अस्त्र उपलब्ध गराएका छन ।

राज्य र समुदायबाट उपेक्षित सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सरोकारवाला निकाय र जनप्रतिनिधिहरुले सक्रियता नदेखाएको का कारण सामुदायिक विधालयमा अध्ययनरत वालवालिकाहरुको संख्या दिन प्रतिदिन न्युन हुँदै गएको, पठन-पाठन पनि व्यवस्थित हुन नसकेको, भौतिक संरचना ध्वस्त भएको र शिक्षकहरुको मनोवल खस्केको कारण मधेश शिक्षा अवस्था निकै कमजोर भएको छ ।

बालबालिकाहरुलाई ज्ञान, संस्कार र समृद्धि का लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको कुरा शिक्षा प्रदेश सांसद रामअशिष यादवले बताएका छन । कार्यक्रममा समाजसेवी श्रीफल यादवले  सभ्य र समृद्धि समाज निर्माण का लागि सामुदायिक विधालयको शैक्षिक अवस्था सुधार गर्नुपर्ने कुरा बताउनुभयो ।

विधालयका प्राधानाध्यापक रामसुन्दर कामतीको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा अभिभावक श्रीकिशोर यादव विधालयका शिक्षक र शिक्षिकाहरुले कक्षा ८ को बोर्ड परिक्षामा सहभागी हुनका लागि विधालयबाट विदाई हुने बालबालिकाहरुलाई शुभकामना दिएका छन । वातावरण संरक्षणको सन्देश दिँदै बालबालिकाहरुलाई फलफूल को विरुवा पनि वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार