https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, चैत ९ गते ।   
कानु समाज नेपाल पर्साको आज एक कार्यक्रमका बिच होली मिलन समारोह सम्पन्न भएको छ। वीरगञ्ज स्थित लक्ष्मी नारायण पार्टी प्यालेसमा‌ कानु समाज नेपाल पर्साको होली मिलन समारोह सम्पन्न भएको हो ।

नेपालीहरुको महान पर्व फागू पूर्णिमा तथा होलीको अवसरमा अबिर टिका लगाइ एक आपसमा शुभकामना साटासाट गर्ने तथा भाइचारा र आत्मियताको विकास गर्ने अभिप्रायले होलि मिलन समारोह कार्यक्रमको आयोजना गरिएको कानु समाज नेपाल पर्साका अध्यक्ष लक्ष्मण साह कानुले बताए ।

होली मिलन समारोहमा पर्सा ,बारा, रौतहट जिल्लाको कानु स्वजातियहरुको‌ उपस्थिति रहेको कानु समाज नेपाल पर्साका अध्यक्ष लक्ष्मण साह कानुले बताए।

उक्त होली मिलन समारोहमा गायक मुनिलाल प्रदेसी र गायक पप्पु मिश्राले होलीको गित गाइ मनोरन्जन मै बनाउदै होली समारोहमा उपस्थिति सम्पुर्ण कानु स्वजातिय लाइ‌ झुमाएका‌ थिए।

उक्त होली मिलन समारोह कार्यक्रम कानु समाज नेपाल जिल्ला कार्यसमिती पर्साका अध्यक्ष श्री लक्ष्मण साह कानुको अध्यक्षता भएको तथा प्रमुख आतिथ्यमा बिरगंज महानगरपालिका वडा नंवर ४ का वडा अध्यक्ष जगत प्रसाद साह कानु बिशिष्ट अतिथि भारतिय महावाणिज्यदूत वास का काउन्सलर शैलेन्द्र कुमार, काउन्सलर शशिभुषण कुमार त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रितेश साह , वडा नम्बर १० का वडा अध्यक्ष सुशिल साह, वडा नम्बर १२ का वडा अध्यक्ष सुरेश गुप्ता, कार्य समिति सल्लाहकार अकलेश साह, उपाध्यक्ष सोनालाल साह, सचीव श्रवण प्रसाद साह, कोषाध्यक्ष ओमप्रकाश गुप्ता, कानु अतिथी सदनका अध्यक्ष नरेश साह कानु, राजन साह, बिबेक साह, कानु स्वजातिय संचारकर्मी लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार