
जनकपुरधाम, चैत्र १० गते ।
मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवले समृद्धिको प्रवेशद्वार शिक्षा रहेको कुरा बताउनु भयो । मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित सिटि मन्टेसरी स्कुलमा आयोजित फेयरवेल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिक्षा प्रेमी प्रदेश सांसद यादवले लक्ष्य, धैर्य, संघर्ष, समर्पण र आत्मविश्वासका जीवनको पथमा अघि बढ्न विधार्थीहरुलाई सल्लाह दिनुभयो ।

उहाँले जन्म दिने आमाबुबा र ज्ञान दिने गुरुलाई सधै उच्च सम्मान गर्दै जीवन संघर्ष पथमा अघि बढ्ने सल्लाह पनि दिनुभयो ।
सिटि मन्टेसरी स्कुलका संस्थापक पि एन साहको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा विधालयका प्रिन्सिपल सुमित्रा साह, अभिभावक युवा व्यवसायी कुष्णचन्द्र साह, सुर्यदेव पंडित, शिक्षक रामआधार यादव सहितका वक्ताहरूले विधार्थीहरुलाई शुभकामना व्यक्त गरेका छन । सो सांस्कृतिक कार्यक्रममा बालबालिकाहरुले गीत र नृत्य प्रसुत गरेका छन ।