
राजेश सिंह
गाैशाला, चैत १० गते ।
प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिकाे आयोजनामा सर्लाहीको मलंगवामा मधेश प्रदेश समिति पदाधिकारीहरुकाे बैठक तथा होली मिलन अर्थात शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सर्लाहीको मलंगवा स्थित जानकी पार्टी पैलेशकाे सभाहलमा आयाेजित बैठकमा अगामी कार्यनीति तथा कार्ययोजना बारे बृहत छलफल तथा हाेली मिलन शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएका छन् ।
नेपाली पात्र अनुसार पहाडमा आईतबार र तराईमा सोमवार होली पर्व मनाइने भएपनि होली पर्वको एकदिन पहिला शनिबार मधेस प्रदेश कार्यसमितिकाे आयोजना गरिएको छलफल तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएका हुन् ।
कार्यक्रम मधेस प्रदेश समितिकाे अध्यक्ष अभरेन्द्र यादवकाे अध्यक्षता, केन्द्रीय उपाध्यक्ष मनाेज यादवकाे प्रमुख अथिति लगायत केन्द्रीय सदस्यहरु, प्रदेश कार्य समितिका सदस्यहरु, जिल्ला कार्यसमितिहरुकाे उपस्थितिमा होली पर्वको शुभकामना आदान प्रदान गरेका थिए ।






