https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
लुम्बिनी, चैत्र ११।
नेपाल-भारतबीचकाे सांस्कृतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने उद्देश्यले लुम्बिनीमा ओडिसी सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

काठमाडौं स्थित भारतीय दुतावासकाे सांस्कृतिक शाखा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र एवं लुम्बिनी बिकास काेषकाे संयुक्त आयाेजनामा प्रख्यात ओडिसी डान्स शिक्षक एवं काेरियाेग्राफर ककली बाेसकाे नृत्य प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रममा नेपाल-भारतकाे सम्बन्ध दुई छिमेकी देशकाे मात्र नभई सामान भाैगाेलिक परिवेश, सांस्कृतिक समानता एवं बर्षाैदेखिकाे सुमधुर पारस्परिक नाताले ओेतपराेत रहेकाे उपस्थित वक्ताहरुकाे भनाई थियाे ।

भारतीय दुतावासद्वारा आयाेजना गरिने सांस्कृतिक कार्यक्रमहरु दुवै देशकाे सम्बन्धलाई विश्वसामु प्रस्तुतमात्र गर्दैन हाम्राे लुम्बिनी प्रदेशकाे सांस्कृतिक, सामाजिक एवं आर्थिक समृद्धिकाे लागि पनि त्यतिकै महत्वपुर्ण भुमिका खेल्ने प्रदेश गृहमन्त्री संताेष पाण्डेयले विश्वास व्यक्त गर्नुभएकाे थियाे ।

लुम्बिनीमा आयाेजित सांस्कृतिक कार्यक्रमकाे शुभारम्भ  सिंगापुर माेनेस्ट्रीका बाैद्ध भीक्षुले दीप प्रज्वलन गरि शुरुआत गरेका थिए । मुख्य अतिथि लुम्बिनी प्रदेशका गृहमन्त्री संताेष पाण्डेय, अतिथि पुर्वमन्त्री देवेन्द्रराज कंडेल, सभासद अभिषेक प्रताप शाह, विभिन्न पालिकाका नगरप्रमुख, उपप्रमुख, गाेरखा सैनिकका परिवार सदस्य लगायत नेपाल-भारत मैत्री संघका पदाधिकारी एवं विशेष व्यक्तित्व तथा दुतावासका कर्मचारी र लुम्बिनी विकास काेषका प्रतिनिधिहरुकाे उपस्थित थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार