https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कतार, चैत्र १३ गते ।
परदेशकाे भुमि कतारमा मधेशी एकता समाजले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मनाएको छ । तराईमधेशमा होली मनाइएको दिनको अवसर पारेर एकता समाजले परम्परागत तरिकाले रंगहरुको पर्व मनाएको हो ।

धमुस्लिमहरुको पवित्र रमजान महिना अहिले जारी रहेकोले होलीसँगै उनीहरुले इफ्तार कार्यक्रम समेत राखेका थिए ।
होली कार्यक्रमको मुख्य आकर्षणको रुपमा उनीहरुले एक अर्कालाई रंग अबिर दलेर शुभकामना आदान प्रदान गरेका थिए । उनीहरुले परम्परागत बाजाको तालमा जोगिरा र होली गीत गाएका थिए । भन्ने मालपुवा, पुरी, तरकारी, चटनी र तरुवा लगायका मिठाइँका परिकार पकाएर खाएका थिए ।

एकता समाज कतारका अध्यक्ष शिव कुमार महतोको अध्यक्षतामा कार्यक्रम गरेको थियो भने महासचिव चन्द्रबिर यादवले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा मनिष यादव, लालबाबु साह, तेजीलाल मण्डल, विशेश्वर यादव, चन्द्रबिर यादव लगायतका अतिथिहरुले स्वागत मन्तव्य राखेका थिए ।  मधेशी एकता समाजका संस्थापक एवं अन्तर्राष्ट्रिय समितिका संयोजक डा. रबिन्द्र कुमार यादवले होलीको शुभकामना दिनुहुँदै समाजलाई अझ सुदृढ बनाउनेबारे छोटो मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी पवन ठाकुर, अभय ठाकुर, गौतम शर्मा, राम हृदय साह, कमलेश महतो, गंगा यादव, संजीव साह, राजा साह, श्याम साह, धर्मेन्द्र गुप्ता, मनिष गोस्वामी, जयप्रकास यादव लगायतका कतारमा रहेका मधेशीसँग सम्बन्धित विभिन्न संस्थाहरुको व्यक्तिहरुको रंगारंग कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार