
गाैशाला, चैत १४ गते ।
महोत्तरीबाट यस पटक एस.ई.ई. परीक्षामा ९ हजार ४३१ विद्यार्थी सहभागि हुने भएको छ । साधारण तर्फ सामुदायिक विद्यालयका ३९०८ छात्र,४१४९ छात्रा र संस्थागत विद्यालयका ४७७ छात्र, २९७ छात्रा गरि कुल ४३८५ छात्र र ४४४६ छात्रा गरि ८८३१ विद्यार्थी सहभागि हुदै छन भने प्राविधिक धार तर्फ सामुदायिक विद्यालयका ३२६ छात्र र १५८ छात्राले यसपटक परीक्षा दिने भएका छन । त्यसतै ग्रेडवृद्धी तर्फ सामुदायिक विद्यालयका ५३ छात्र र ५६ छात्रा तथा संस्थागत विद्यालयका ६ छात्र र १ छात्राले परीक्षा दिने भएका छन ।

शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीले केन्द्राध्यक्षहरुको लागि आयो जना गरेको एकदिने अभिमुखिकरण कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरेको हो । महोत्तरीमा रहेको माध्यमिक विद्यालय स्तरका कु ल १३२ विद्यालयका छात्रछात्राहरु सहभागि हुने यस पटकको परीक्षामा कुल ३२ केन्द्र तोकिएको सो कार्यक्रममा जनाइएको छ । परीक्षामा सहभागि हुने विद्यालयहरुमा १०२ सामुदायिक विद्यालय र ३० संस्थागत विद्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाइका निमित प्रमुख प्रतिभा साहले बताईन । यता अभिमुखिकरण कार्यक्रमकै दौरान केन्द्राध्यक्षहरुलाई महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले परीक्षा मर्यादित बनाउन निष्ठापुर्वक आफ्नो जिम्मेवारी निभाउन निर्देशन दिएका छन ।
परीक्षा अमर्यादित बनाउनेलाई कडा कार्यवाही गरिने यता प्रमुख जिल्ला अधिकारी गेलालले परीक्षा व्यवस्थित र मर्यादित हुने अपेक्षा रहेको भन्दै विगतका वर्षहरुमा देखिएका वेथितीहरु औल्याउदै कुनै पनि बहानामा परीक्षार्थीलाई चिट चोरी गर्न सहयोग गर्ने केन्द्राध्यक्ष, निरिक्षक वा जोसुकैलाई पनि कानुनी दायरामा ल्याएर कार्यवाही गर्न पछि नह्टने बताए । उनले केन्द्राध्यक्ष वाहेक निरिक्षक वा परीक्षामा खटिएका अन्य कर्मचारी वा विद्यार्थीसंग परीक्षा हलभित्र मोबाईल हुनु नपर्ने बताउदै पाइए जफत गरिने र कानुन अनुसार कार्यवाही हुने बताए।
परीक्षार्थीलाई परीक्षा दिन जाँदा अनुमति दिइएको सामग्री वाहेकको सामग्री जस्तै चिट,गाईड,गेसपेपर,साईन्टिफिक क्यालकुलेटर आदी फेला परे दिइएको निर्देशिका बमोजिम कार्यवाही गरिने बताए । उनले सामान्य क्याल्कुलेटर भने परीक्षा हलमा ल्याउन पाइने समेत बताए । परीक्षा केन्द्र तोकिएको विद्यालयमा परीक्षा दिन आएका विद्यालयका कुनै पनि शिक्षक वा कर्मचारी सो केन्द्रमा बस्न नपाइने व्यवस्था रहेको प्रजिअ गेलालले केन्द्राध्यक्षहरुलाई अवगत गराए ।
अभिमुखिकरण कार्यक्रममा परीक्षा शाखाका पंकज कुमार झाले तथ्यांक तथा परीक्षा निर्देशिका र कार्य जिम्मेवारी लगायतका प्रस्तुतिकरण गरेका थिए ।