https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, चैत १४ गते । 
पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीले । घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र भैरहवाबाट कुकुर घटनास्थल ल्याएर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी नरेन्द्र चन्दले जानकारी दिएका छन ।

हत्याको कारण खुल्न बाँकी रहेपनि जबरजस्ती करणी प्रयासको प्रतिकार गर्दा घटना भएको प्रारम्भिक अनुमान रहेको उनले जानकारी दिएका छन । पद्मा शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार