https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत १४ गते । 
महाेत्तरीकाे बर्दिवास नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उदघाटन गरिएको छ । बर्दिवास नगरपालिका प्रमुख प्रह्लाद कुमार क्षेत्री र उपप्रमुख तारादेबी महतोले बुधवार विधिवत रुपमा पुजा अर्चना गरी नवनिर्मित भवनको उदघाटन गरेका छन् ।

प्रशासनिक भवनको विधिवत उदघाटन भएपछि अब नयाँ वर्ष २०८१ देखि यहीँ कार्यालय संचालन हुने नगर प्रमुख क्षेत्रीले जानकारी दिए । आर्थिक बर्ष २०७८-0७९ मा एम पियुस र ओमनिल कन्डजेभि फाईनन्स तिनकुने काठमांडौसंग सम्झौता भई बर्दिवास नगरपालिकाको वडा नम्बर १४ स्थित २४ कठ्ठा क्षेत्रफल रहेको नगरपालिकाको आफ्नै स्वामित्वको जग्गामा ९ करोड ९७ लाख २४ हजार १ सय ८७ रुपियाँ लागतमा सम्पन्न हुन लागेको बहुबर्षे आयोजना अन्तर्गत तीन बर्षभित्र सम्पन्न भएको हो ।

नबनिर्मित भबनबाट २०८१ साल बैशाख महिनादेखी नगरपालिकाको प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्रशासन, योजना, प्राविधिक स्वास्थ्य लगायत सम्पुर्ण शाखाहरूले सेवा प्रवाह गर्ने नगरपालिकाका अधिकृत मुरारी प्रसाद तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार