https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, चैत १५ गते । 
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाले शिक्षित तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको लागि ल्यापटप वितरण गर्ने भएको छ । बिहीबार गाैशाला नगरपालिकाले एक सुचना जारी गर्दै शिक्षित तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको लागि ल्यापटप वितरण गर्ने भएका छन् ।

गौशाला नगरपालिकाको आ.व २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकामा स्थायी बसोवास गरेका अपाङ्गता भएको नेपाली नागरिकलाई निः शुल्क रुपमा ल्यापटप वितरण कार्यक्रममा सहभागी हुन ईच्छुक योग्यता पुगेको व्यक्तिबाट सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र तपशिल बमोजिमका कागजात सहित यस कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको उक्त सुचनामा उल्लेख गरिएको छ ।

नि:शुल्क ल्यापटप वितरण कार्यक्रममा सहभागी हुन ईच्छुक योग्यता पुगेको व्यक्तिले स्नातक वा सो सरहको शैक्षिक प्रमाणपत्र, कमतिमा ३ महिने कम्प्युटर तालिम गरेको, गौशाला, नगरपलिकामा स्थायी बसोबास भएको र अपाङ्गता परिचयपत्र भएको हुनुपर्ने प्रकाशित सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार