https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, चैत १६ गते ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा रामजानकी बहुउद्देश्य अन्तराष्ट्रिय रंगशालामा दोस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा धनुषा विजयी सुरुवात गरेको हो ।

धनुषाका कप्तान म्यान यादव नटआउट ६५ रनको पारी खेल्दा धनुषा ५० रनले विजयी भए । टस जितेर धनुषा टिम पहिला ब्याटिङ रोजेका थिए । शनिबार पहिलो खेल सर्लाही र महोत्तरीबीच हुने छन् भने दोस्रो खेल धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुने खेल तालिका छ ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा जनकपुरधाममा मेयर कप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

जनकपुरधामको निर्माणाधिन रामजानकी बहुउद्देश्यीय रंगशालामा हुने मेयर कप टी– २० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाको सहभागिता रहेको जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघको समन्वयमा भईरहेको र प्रतियोगिता दुई समूहमा टीमलाई विभाजित गरेर खेलाइरहेको छ । जसमा क समूहमा धनुषा, महोत्तरी, सर्लाही र सिरहा जिल्ला रहेका छन् भने ख समूहमा सप्तरी, रौतहट, बारा तथा पर्सा जिल्ला रहेका छन् ।

प्रतियोगितामा विजेतालाई २ लाख ५१ हजार रुपैयाँ नगद, शिल्ड कप तथा प्रमाणपत्र प्रदान गरिने छ भने उपबिजेता टिमलाई १ लाख ५१ हजार रुपैयाँ नगद, शिल्ड कप तथा प्रमाणपत्र प्रदान गरिने जिल्ला क्रिकेट संघका अध्यक्ष पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार