जितेस यादव
सर्लाही, चैत १६ गते ।
सर्लाही निर्वाचन क्षेत्र न-४ (ख) का प्रदेश सभा सदस्य प्रत्यासी अनिता देवि यादव पुन: माओवादीमा फर्किएकी हुन ।
माओवादी त्यागी सर्लाही -४ (ख) प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट उम्मेदवारी दिएकी अनिता देवि यादव माओवादी प्रवेश गरेकी हुन । उनी प्रचण्ड निवासमा पुगि पार्टी प्रवेश गरेकी हुन ।

निर्वाचनमा पार्टीले फकिरा महतोलाइ टिकट दिपछी उनी स्वतन्त्र उम्मेदवारी दिएकी थिईन । महतोले अनिता यादवलाई ३५७ मतले पराजित गरेका थिए । सर्लाही -४ माओवादी केन्द्रको गढ भनेर चिनिन्छ ।
गठबन्धनका कारण छतरबितर भएका नेताहरुलाई एक सुत्रमा बाध्न संविधान सभा सदस्य शिवपुजन राय ओहोरात्र सकृय छन् । चुनावमा टिकट नपाएर असन्तुष्ट भएर पार्टी छोडन बाध्य भएका नेताहरुलाई माओवादी भित्र भित्र्याउन कोशिस गरिरहेका छन् ।

