प्रशान्त कुमार प्यासी
सिरहा, चैत १६ गते ।
प्रादेशिक अस्पताल सिरहाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादव र अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोहिन्द्र प्रसाद यादव समेतको उपस्थिति तथा संघिय सांसद माननीय लिलानाथ श्रेष्ठ र मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शत्रुधन प्रसाद सिंह कोईरीको करकमलबाट प्रादेशिक अस्पतालकाे प्रशासनिक भवनको शिलान्यससम्पन्न भएको छ ।
मधेश प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रम आ.व. २०८०।०८१ भित्र अस्पतालको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न हुने भएको छ । अस्पतालका मे.सु. डा. नागेन्द्र प्रसाद यादव र अध्यक्ष सोहिन्द्र प्रसाद यादवले अस्पतालले हालसम्म विरामीहरुलाई अस्पतालबाट प्रवाह भैरहेको स्वास्थ्य निदानको सुविधा तथा अस्पतालबाट बढीभन्दा बढी थप स्तरीय सेवा विस्तारमा भैरहेको कठिनाईको बारेमा संघिय सांसद लिलानाथ श्रेष्ठ र माननीय स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह कोईरी सहित अतिथिहरुलाई अस्पतालको विभिन्न वार्डमा स्थलगत अनुगमन गराई जानकारी गराएका छन ।
शिलान्यास कार्यक्रममा सिरहा नगरपालिकाको उपप्रमुख बविता कुमारी साह, कन्सल्टेन्ट डा. सरोज यादव लगायत नागरिक समाजका अगुवाहरु एवं अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।