प्रेम चौहान
धनुषा, चैत १७ गते ।
धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांकी सफाइ गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । शौचालयको ट्यांकी सफा गर्न पसेका स्थानीय अन्दाजी ४४ वर्षीय ठेकु मल्लिक डोमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
न्यूजअफ मधेसका सञ्चारकर्मी प्रेम चौहानका अनुसार नगरपालिकाले तलबभत्ता नदिएपछि काम छाडेका ठेकु आज एक्कासि काममा गएका थिए । उहाँको मृत्युको खबर पाएपछि परिवारले ठेकु काममा गएको जानकारी पाएको चौहानले बताए ।
प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ ।