राजेश सिंह
गाैशाला, चैत १६ गते ।
महाेत्तरीकाे गाैशालामा सुर्याेदय वाेमी लघुवित वित्तीय संस्था लिमिटेडकाे आयोजनामा एकदिने वित्तीय साक्षरता तथा पशु पालन तालिम सम्पन्न भएको छ । सुर्याेदय वाेमी लघुवित वित्तीय संस्था लिमिटेड गाैशाला शाखाकाे आयोजनामा एकदिने वित्तीय साक्षरता तथा पशु पालन तालिम सम्पन्न भएको हाे ।
शनिबार गाैशाला नगरपालिकाकाे सभाहलमा सुर्याेदय वाेमी लघुवित वित्तीय संस्था लिमिटेड गाैशाला शाखामा आवद्ध रहेका सदस्यहरुमध्ये १०५ जना सदस्यहरुलाई वित्तीय साक्षरता तथा पशु पालन सम्बन्धि तालिम दिएका छन् ।
तालिममा गाैशाला नगरपालिका पशु शाखाकाका प्रमुख डा. सुमन्त सिंह मुख्य प्रशिक्षक गाई भैसीले साँढे रागाे खाेज्ने लक्षणहरुकाे बारे, गर्भ परिक्षण, दुधालु गाई भैसीकाे छनाेट, कृत्रिम गर्भधारण, सफा दूध उत्पादन, फारम अभिलेखिकरण, सामान्य पशुकाे हेरचाह, पशु आहार लगायतका विषयहरु सम्बन्धि प्रशिक्षण दिएका थिए । साथै सहायक प्रशिक्षक पशु स्वास्थ्य प्राविधिक अजय कुमार कुशवाहाले पशु पालन अर्थात फारम खाेल्दा उपयुक्त जग्गाकाे छनाेट गरि मात्र फारम बनाउनुपर्छ अर्को कुराे पशुहरुलाई समय-समयमा चेकजाँच गराउनुपर्छ किनभने सानोतिनो राेगका कारण अर्थात जुकाकाे औषधी पनि समय-समयमा नखुवाएपछि पशुलाई जेजति खुवाए पनि नत निराेगी हुन्छ नत दूध नै राम्रो दिन्छ त्यहीँ भएर समय-समयमा चेकजाँच गराएर जुकाकाे औषधीहरु खुवाउनु पर्ने उहाँहरुले जानकारी गराएका थिए ।
कार्यक्रम समूह नम्बर ०६९.०५४ काे अध्यक्ष जित कुमारी आलेकी अध्यक्षता, गाैशाला नगरपालिका – ५ काे वडा अध्यक्ष ओम प्रकाश गुप्ताकाे प्रमुख अतिथि तथा विशिष्ट अतिथि सुर्याेदय वाेमी लघुवित वित्तीय संस्था लिमिटेड स्टेसन कार्यालय बर्दिवासका अनुगमन अधिकृत नरेश कुमार सिंह, गाैशालाका शाखा प्रमुख : हरिभक्त बराल, अतिथि भुपु सई तथा गाई फारमका संचालक राम दरेश यादव, गाैशाला शाखाका कर्मचारीहरु लगायत सदस्यहरुकाे सहभागी रहेको थियोे ।