https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
महाेत्तरीकाे जलेश्वर नगरपालिकाका नगर प्रमुख सहित महोत्तरीका व्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरुहरुले जलेश्वर भन्सार कार्यालयको स्तरोन्नतिको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई शनिबार ज्ञापन-पत्र बुझाएका छन् ।

वि.सं. २०२६ साल देखि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाको भारतीय सीमानामा स्थापित जलेश्वर भन्सार कार्यालयबाट महोत्तरी जिल्लाका मात्र विशेषत धनुषा, सर्लाही, सिरहा, सप्तरी, सिन्धुली, उदयपुर, रामेछाप सम्मका उद्योगी व्यापारीहरुले भारत बाट सामान आयात निर्यातको सुविधा प्राप्त गरिरहेको ले जलेश्वर भन्सारको स्तरोन्नति गरी सुख्खा बन्दरगाह र तेश्रो मुलुकबाट आयात निर्यात सुविधा सुञ्चालन गर्न माग गर्दै प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

तेश्रो मुलुकबाट सामान आयात निर्यात गर्दा कलकत्ताबाट जलेश्वर भन्सारको वीरगंजको भन्दा २२५ किलोमिटर दुरी कम रहेको, प्रदेशको मध्य भागमा रहेको उद्योगी व्यवसायीलाई वीरगंज र विराटनगरबाट ढुवानी लागतभन्दा जलेश्वररबाट कम पर्ने, ठुला भन्सार कार्यालयमा कुनै समस्या आउँदा जलेश्वरलाई वैकल्पिक भन्सारको रुपमा प्रयोग गर्न सक्ने भएकाले जलेश्वरर भन्सारको स्तरोन्नति गरी सुख्खा बन्दरगाह बनाउन माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउनेमा महोत्तरी जिल्लाका जलेश्वर, मटीहानी, बर्दिवास, गौशाला लगायतका स्थानहरुको उद्योगी व्यवसायी, महोत्तरीका विभिन्न पालिका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार