
नेपालगन्ज, चैत १७ गते ।
नेपालगन्ज स्थित बिपिचाैकमा संचालनमा रहेको महरा खाजा घरले बासी तथा सडेगलेको खाना बिक्री गर्ने गरेको भन्दै रु १ लाख जरिवाना तिराईएको छ ।
गुनासोको आधारमा बाणिज्य कार्यालय, खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयको प्राबिधिक टोलिद्वारा अनुगमन हुदा बिपिचौक स्थित महरा खाजा घरमा खाना उपभोग्य अवस्थामा रहेको नपाईएको हुँदा तत्काल रु १ लाख जरिवाना गराईएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
त्यस्तै नेपालगन्ज वडा नं १ बिशालनगर एरियामा अनुगमन गर्दा कर्णाली अर्ग्यनिक कोशेली घर र तिलक किराना पसलमा रहेका म्याद गुज्रिएको केही सामग्री नष्ट गरिएको छ भने तिलक किराना पसललाई रु ५ हजार जरिवाना समेत गरिएको छ ।
सोही स्थानमा रहेको नेपालगंज कोशेली मार्ट प्रा.लि. मा म्याद गुज्रिएको रु १५,०५० मुल्यको सामाग्री नष्ट गरिएको छ भने रु २० हजार जरिवाना तिराएको छ ।