https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, चैत १७ गते ।
नेपाली पानी र नेपाल कै बिजुली प्रयोग गरेर नेपालमा पहिलो पटक हाइड्रोजन उत्पादन गरिएको छ । उत्पादित हाइड्रोजन इन्धन कारमा भरेर सफल परिक्षण पनि भएको छ ।

काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा रहेको हाइड्रोजन रिफ्युलिङ स्टेसनमा हाइड्रोजन उत्पादन गरि सो हाइड्रोजन  कारमा हालेर हाइड्रोजन इन्धनबाट कार गुडाएको हो । अहिले करिब ४० देखि ४५ युनिट विद्युत् खपत गरी १० लिटर पानी खण्डीकरण गरी दुई किलो हाइड्रोजन उत्पादन गरिएको विश्वविद्यालयले जनाएको छ। त्यति इन्धनबाट एउटा कार दुई सय किलोमिटर गुड्ने छ ।

हाइड्रो ल्याबका प्रमुख सहप्राध्यापक डा. विराजसिंह थापाको नेतृत्वको यो काम संम्भव भएको हो। यस परियोजनाका लागि नेपाल आयल निगमले केयुलाई पाँच करोड रुपियाँ उपलब्ध गराएको थियो । त्यसबाट ३३ हजार अमेरिकी डलर (करिब ४४ लाख रुपियाँ) को कार किनिएको र एक करोड ३० लाख रुपियाँको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरिएको विश्वविद्यालयले जनाएको छ ।

केयुले ३०–३५ वटा हाइड्रोजन गाडीलाई रिफ्युलिङ गर्न सकिने गरी हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गर्न पाइलट प्रोजेक्ट तयार गर्ने योजना अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार