
जनकपुरधाम, चैत्र २२ गते ।
समृद्धि र अतित को अदभूत प्रतीक रामयणकालिन प्राचीन देवभूमि धनुषाधामको प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकसित गर्न राज्यले योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधामबाट २० कि.मि. दुरि पुर्व र उत्तर दिशा मा अवस्थित पौराणिक, सांस्कृतिक तथा ऐतिहासिक प्राचीन देवभूमि धनुषाधामको दिव्य आर्कषणको रुपमा रहेको अदभूत धनष मन्दिर, धनुष कुण्ड, ३ सय ६० हेक्टर क्षेत्रफलमा रहेको धनुषाधाम जंगल, ऐतिहासिक वाण गंगा नदि, धनुष ताल, धनुष वाटिका, अदभूत वनस्पति उधान पर्यटकहरुका लागिएको विशेष आकर्षणको केन्द्र रहेको छ ।

प्राकृतिक रुपमा अत्यन्तै समृद्धि मधेश प्रदेशको नागमणीको रुपमा प्रख्यात धनुषाधाम जंगलमा करिब २ सय ८६ प्रजातिका चडाचुरुंगीहरुको वास स्थान रहेको कुरा मिथिला वाईल्ड लाईफ ट्रष्ठका अध्यक्ष देवनारायण मंडलले जानकारी दिएका छन ।
विश्व को अति दुर्लभ स्पोटेट ईगल चडा र हर्नविल चडाले धनुषाधाम जंगलमा प्रजज्न गर्ने गरेका छन । जंगल भित्र दर्जनौं प्रजाति स्तनधारी वन्यजन्तु र किंगकोबरा जस्तो सर्प हरुको सुरक्षित बास स्थान पनि रहेको कुरा वन्यजन्तु संरक्षण अभियन्ता मंडलले जानकारी दिएका छन ।
धनुषाधाम जंगलमा वन्यजन्तु को साथै करिब २७० प्रजातिको बोट बिरुवा वनस्पति तथा जडिबुटि पनि रहेको जानकारी वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख ताहिर हुसेनले बताएका छन ।
धनुषाधाम जंगलमा पर्यापर्यटन विकासका लागि “धनुषाधाम जैविक प्राणी उधान” स्थापना का लागि संघीय सरकारले तत्काल पहल गरेमा धनुषाधाम नगरपालिकाको विकासका साथै मधेश प्रदेश पर्यटन विकासमा थप सहयोग पुग्ने निश्चित रहेको छ ।
धनुषाधाम जंगलमा वनस्पति प्रसोधन केन्द्र, जलिय वनस्पति उधान र वनस्पति प्रयोगशाला निर्माणका लागि पनि राज्ले योजना बद्ध तरिकाबाट अघि बढे मधेश प्रदेशको आर्थिक समृद्धिमा बल पुग्ने छ ।
मिथिला वाईल्ड लाईफ ट्रष्ठ, जिल्ला वन कार्यलय धनषा, वन रेन्ज पोष्ट धनुषाधाम र स्थानीयबासिन्दाहरुको सार्थक सहयोगबाट वि स २०७० साल मा धनुषाधाम संरक्षित वन परिषद गठन गरि उजाड रहेको धनुषाधाम जंगल को संरक्षण मा महत्त्वपूर्ण भुमिका निर्वाह गरिएको थियोे ।
त्रेतायुगमा आदि शक्ति सिताको वैवाहिक संस्कार क्रममा जनकपुरधामको रंगभूमि मैदानमा आयोजना गरिएको दिव्य धनुष यज्ञमा सहभागी मर्यादा पुरुषोत्तम भगवान श्रीराम ले शिबजीको पिनाक धनुषमाथि प्रत्यन्चा चढाउंदा धनुष ३ टुक्रा भैैई एक टुक्रा आकाशमा ,एक टुक्रा जनकपुरधामको धनुष सागर (पतालमा) र बिचको भाग धनुषाधाममा खसेको थियो । धनुषकाे बिच भागको टुक्रा खसेको स्थानमा हाल धनुष मन्दिर निर्माण गरिएको छ ।
आन्तरिक र बाहिरी पर्यटकहरुको लागि विशेष आकर्षणको केन्द्र रहेको मधेश प्रदेशको गौरव पौराणिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका प्राचीन देवभूमि धनुषाधामको विकासका लागि हाम्रो सामुहिक संकल्पका साथै राज्यले योजना बनाएर तत्काल नीतिगत र पुर्वाधार विकासकाका कार्यहरु अघि बढाउनुपर्ने आवश्यक रहेको देखिन्छ ।





