हाकिम प्रधानमाथी मेयर खातुनको शंका, प्रधानले एकलौटी हिड्न खोजेको खातुनको आरोप, पालिका अस्तव्यस्त
ओम प्रकाश यादव
रौतहट, चैत २३ गते ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाका हाकिम र जनप्रतिनिधीबिचको आन्तरिक विवाद र किच्लोका कारण नगरपालिकाका सम्पुर्ण कामकाज पुर्णरूपमा ठ्प्प भएको छ ।
फतुवा विजयपुरका कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानबिच वडाहरुको बजेट सेलिङ् लगाएत विभिन्न विषयमा कुरा नमिल्दा सो पालिकामा आर्थिक कारोवार अझै सुचारु हुन सकेको छैन ।

मेयर खातुन र हाकिम प्रधानबिचको असमझदारि, अविस्वास, खट्पट र मनमुटावका कारण नगरसभा सप्पन्न भएको करिव दुई महिना हुन लागेपनी अझै बिकास बजेट संचालन हुन सकेको छैन भने कर्मचारी र शिक्षकहरु लामोसमय देखि तलव पाउन सकेका छैनन ।
निर्धारित समय भन्दा ८ महिना ढिलो गरि गत फागुन ३ गते नगरसभा सप्पन्न भएपनि हाकिम र मेयरबिचको विवादका कारण पालिकाको खाता अझै सञ्चालन हुन नसक्दा आर्थिक कारोवार पुर्ण रूपमा ठप्प छन ।
खाता नै सञ्चालन हुन नसक्दा कर्मचारी र शिक्षकहरुको बिगत १० महिनाको तलव भुक्तानी रोकिएको छ ।
यता पालिकाले आफुहरुको तलव नदिएको भन्दै नगरपालिका कार्यालय र पालिका भित्रका सम्पुर्ण सरकारी कार्यालयका कर्मचारीहरुले केहिदिन अघि कार्यालयको सम्पुर्ण कामकाज ठप्प पार्दै कार्यालयमा तालाबन्दी गरि अनिश्चितकालिन बन्दड्ताल्मा उत्रिसकेका छन ।
तलव भुक्तानी निकासाको माग गर्दै नगर भित्रका सम्पुर्ण सरकारि कार्यालयका कर्मचारीहरुले पालिका कार्यालय देखि लिएर नगरका सबै सरकारि कार्यालयहरुमा अनिश्चितकालिन तालाबन्दी गरि साचो प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बुझाइसकेका छन् ।
नगरसभा सम्पन्न भएपनि मेयर अम्बेया खातुनले नगरसभामा पारित गरिएका निर्णयलाई प्रमाणित गर्न न मान्दा कोलनिकाले खाता सञ्चालन गर्ने अख्तियारि नदिदा आर्थिक कारोबार अगाडि बढ्न सकेको छैन जस कारण कर्मचारी र शिक्षकहरु तलव पाउन बाट बन्चित भएका छन भने अर्को तर्फ बिकास निर्माणका काम समेत अगाडि बढन सकेको छैन ।
प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले नगरसभामा भएका निर्णयहरुलाई लत्याउदै आफुखुसी आफ्ना मनोमानी तरिकाले काम गर्न थालेकाले आफुले तत्कालका लागि सबै काम रोकेर राखेको कार्यवाहक मेयर खातुनले बताइन ।
नगरसभामा भएका निर्णय भन्दा बाहिर गएर प्रशासकिय अधिकृत प्रधानले आफुसंग कुनै सल्लाह नै नगरि केही वडा अध्यक्षहरुको इसारामा आफुखुसी निर्णय लिन थालेको मेयर खातुनको आरोप छ ।
नगरसभामा प्रत्येक वडालाइ ६० लाखको दरले बजेट दिने निर्णय भएपनि हाकिम प्रधानले आफुलाइ थाहै नदिई रेड बुकमा ७५ लाख देखि ८५ लाख सम्म रुपैया वडालाइ दिने निर्णय गरेको उनले बताइन ।
त्यस्तै नगरसभा सम्पन्न गर्दा मुस्किलले दुई लाख रुपैयाँ खर्च भएपनि हाकिम प्रधानले ३० लाख रुपैयाँ खर्च भएको भनी रेड बुकमा उल्लेख गरेको उनले बताइन ।
हाकिम प्रधानले आफुखुसी वडाहरुलाइ आवश्यकता भन्दा बढी रकम बिनियोजन गर्दा यस चालू आर्थिक वर्षमा करिव ५ करोड भन्दा बढी रकम अपुग हुने र पालिका ऋणमा डुब्ने अवस्था आउने उनले बताइन ।
यश वर्ष कुल १३ करोड ४० लाख रुपैया मात्र बिकास बजेटका लागि छुट्याइएकोमा हाकिम प्रधानले १८ करोड भन्दा बढिको काम गर्न खोजेकोले पालिकामाथी अनावश्यक ऋणको भार थपिने उनले बताइन ।
वडाहरु संगको मिलेमतोमा प्रधानले आफुलाइ बाइपास गरि एकलौटी ढंगले हिड्न खोजेकोले अहिले समस्या उत्पन्न भएको उनले बताइन ।
यता प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले मेयर खातुनले आफुमाथी निराधार आरोप लगाएको बताएका छन ।
आफू एकलौटी रूपमा नभइ सबै काम मेयर खातुन संग राय सल्लाह गरेर नै गर्ने गरेको प्रशासकिय अधिकृत प्रधानको दावी छ ।
वडाहरुमा ६० लाख दिने कुरा साचो रहेको बताउदै उनले आन्तरिक र राजस्व बाड्फाडको पैसा आएको खण्डमा मात्र वडालाइ ६० लाख भन्दा बढी दिने बताए ।
नगरसभा द्वारा पारित गरिएको ४८ करोडको हिसाब मिलान गर्न मात्र रेड बुकमा अनुमानित बजेट वा सेलिङ बढाएको दावी गर्दै उनले आन्तरिक र राजस्वको पैसा नआए वडाहरुले ६० लाख मात्र बजेट सञ्चालन गर्न पाउने बताए ।
उनले भने रेड बुकमा अनुमानित बजेट बिनियोजन गर्दैमा वा मेयरले त्यसलाई प्रमाणित गर्दैमा त्यसले त्यति बजेट चलाउन पाइन्छ भन्ने कुरा छैन, हामिले काम गर्न कार्यादेश दिन्छौ र अनुगमन गरेर काम गरेको योजनाको मात्र भुक्तानी गर्छौ त्यसैले बजेट बिनियोजन गर्दैमा सबै सञ्चालन नै हुन्छ भन्ने कुरा होइन ।
नगरसभाद्वारा बिकास बजेटका लागि छुट्याइएको १३ करोड ४० लाख नै मात्र रकम खर्च हुने हाकिम प्रधानले दावी गरे ।
कोलनिकाले सबै रकम एक्मुस्ट एकै पटक पठाउने भएकोले खाता सञ्चालन नभइकन कर्मचारी र शिक्षकको मात्र तलव भुक्तानी गर्न नसकिने उनले प्रष्ट पारे ।
खाता सञ्चालन भएपछि मात्र कर्मचारी र शिक्षकहरुको तलव निकासा हुने भएकोले कर्मचारी र शिक्षकको तलव निकासा नहुनुमा आफू कुनै दोशी नरहेको उनले बताए ।
मेयर खातुनले नगरसभालाइ सदर नगरेसम्म खाता सञ्चालन हुन नसकिने र खाता सञ्चालन नहुदासम्म कुनै प्रकारको आर्थिक कारोबार गर्न नपाइने उनले बताए ।
कानुनले दिएको अधिकार भित्र रहेर काम गर्ने गरेको र कसैको उक्साहट वा दबाबमा कानुनको बर्खिलाप हुने गरि आफू कुनै काम नगर्ने उनले बताए ।
गलत कुनै पनि काम आफू आफै नगर्ने भएको हुँदा निर्धक्क भएर कामकाज अगाडि बढाउन हाकिम प्रधानले मेयर खातुनलाई सुझाव दिएका छन् ।