https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

लक्ष्मी प्रसाद भट्टराई/सन्तोष यादव
सुनसरी : झडप र प्रदर्शन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवासहित जिल्लाका पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । त्यस्तै हरिनगरमा गएरातीदेखी नेपाली सेना समेत परिचालन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारीमार्फत जारी गरेर कर्फ्यु आदेश जारी गरेका हुन् । कर्फ्युको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनलाई निगरानी गरेर चल्न दिने सूचनामा उल्लेख गरिएको छ ।

सुनसरी दक्षिणवर्ती क्षेत्र हरिनगरको भुटाहामा दुई समूहबिचको झडपले उग्र रूप लिएपछि वरपरका स्थानीय तहमा पनि कर्फ्यु लगाइएको हो ।

घटनास्थलमा प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रुग्याँस प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिनु भएको छ ।

सभार : नेपाल टेलिभिजन

प्रतिक्रिया

सम्बन्धित समाचार