https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
मधेस प्रदेश का विभिन्न क्षेत्रमा देखिएको बढ्दो खानेपानीको समस्या समाधानका लागि नेपाल सरकारका खाने पानी मन्त्रालय अन्तरगत खानेपानी तथा ढल व्यवस्थापन विभागले आज गुणस्तरयुक्त थोक खाने पानी वितरण सम्बन्धि परामर्श गोष्ठीको आयोजना गरेको छ ।

मानवको जीवनरक्षा र विकासका लागि सफा खानेपानी अत्यन्तै महत्वपूर्ण छन्। यी आधारभूत सेवाविना लाखौं मानवको जीवन जोखिममा रहेको हुन्छ। फोहोर खानेपानी ले लाखौं मानिसको मृत्युको मुख्य कारणहरू मध्येको एक हो। अहिले मधेस प्रदेशमा गुणस्तरयुक्त खानेपानीको सुविधा नहुँदा धेरै समस्या झेल्नु परेको छ ।

लामो समयदेखि वर्षा नहुँदा चापाकललगायतका खानेपानीको मुहान सुकेर  मधेस प्रदेशका विभिन्न स्थानमा खानेपानीको हाहाकार भएको हो । बढ्दै गएको खानेपानीको समस्या समाधानबारे विभिन्न मुख्यमन्त्री लगायत स्थानीय तहका जनप्रतिनिधिहरु लगायत विज्ञ तथा सरोकारवालासँग परामर्श गोष्ठी सम्बन्धि  छलफल अघि बढाएको हो ।

त्यस्तै परामर्श गोष्ठीमा आफ्नो मन्तव्य राख्दै जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार ले अहिले चुरेको दोहनले गर्दा पुरै मदेश प्रदेशले खाने पानीको समस्या झेल्नु परेको बताए । यस्को मुख्य जिम्मेवारी नेपाल सरकारले लिनु पर्ने बताए । त्यस्तै नेपालको हिमाली र पहाडी क्षेत्रबाट बग्ने हजारौँ नदीनाला र विभिन्न स्थानका तालतलैयाले नेपाललाई जलस्रोतको धनी बनाएको छ। तर त्यसको समुचित वितरण, व्यवस्थापन र सदुपयोग हुन नसकेको भन्दै यस्मा ध्यान दिन जरुरी रहेको बताए ।

आज भएको परामर्श गोष्ठीमा मदेश प्रदेशका मुख्यमन्त्री सरोज राय यादव, विभिन्न मन्त्रीहरु, विभिन्न पालिकाका अध्यक्ष उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार