https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

           
सर्लाही, चैत २६ गते । 
अपाङ्गता संजालको सदस्य र सरोकारबालाहरु बिच १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अपाङ्ग अनाथ बृद्ध उत्थान समाज नेपाल (doopus Nepal) ईश्वरपुर १३ सर्लाहीको आयोजना ईश्वरपुर नगरपालिकाको समन्वय एबिलिस फाउन्डेसनको सहयोगमा अपाङ्गता संजालको सदस्य र सरोकारबालाहरु बिच १ दिने अभिमुखिकरण कार्यक्रम न्यु युनाइटेड होटेलमा एक कार्यक्रम बिच सम्पन्न भएको छ।
       

ईश्वरपुर नगरपालिकाको नगर प्रमुख रंजिता देबी चौधरी ज्युको प्रमुख अथिति संस्थाको अध्यक्ष राम कैलाश महतोको अध्यक्षता प्रमुख प्रशासकीय प्रमुख हिराकाजी श्रेष्ठ विशिष्ट अथिति, शिक्षा शाखा प्रमुख हरि प्रसाद दहाल योजना शाखा प्रमुख पुष्कर मणि घिमिरे  महिला शाखा प्रमुख गायत्री देबी चौधरी  वडा  अध्यक्ष क्रमश धर्मेन्द्र राय, सुरेन्द्र कार्की ,पंची महतो, रहमन अंसारी, नन्द लाल चौधरी, रास नारायण चौधरी नाथुराम चौधरी, राम पुकार चौधरी, उमेश कुमार चौधरी, वडा प्रतिनिधि नितु कुमारी बलम्पाकी, दिनेश बुढाथोकी, लाल बाबू महतोको अथिति र नगर भित्रका वडा स्तरिय अपाङ्गता संजालका प्रतिनिधि बिच छलफल भयो ।

आयोजक संस्थाले परियोजना संचालन भए देखि हाल सम्मको गतिविधि कार्यक्रमको उपलब्धि को बारेमा बिस्तार   देखायो।  अपाङ्गता भएका व्यक्तिहरु नियमावली २०७७, अपाङ्गता ऐन २०७४, नेपालको संविधान २०७२, स्थानिय सरकार संचालन ऐन२०७४, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  स्तरमा अपाङ्गताको सबालमा उल्लेख भएका कानुनी दस्तावेजहरुको बारेमा छलफल भयो।

सहभागीको प्रश्नको  जवाफ दिदै महिला शाखा प्रमुख ज्युले शाखाबाट हालसम्म भए गरेका कार्यक्रम बारेमा भन्नू भो, कार्यक्रममा सरोकारबालाहरुले बोल्दै अपांङताको सबालमा नगर पालिकाले ऐन नियम कानुनको परिधिमा रहि अपाङ्गताको समस्याहरु शिक्षा स्वास्थ, आयआर्जन सहयोगी सामग्री, समाजिक सुरक्षा भत्ता लगायत चौतर्फी विकास गरि नमुना अपाङ्गता मैत्री नगर बनाउने प्रतिबद्ध रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार