चन्दन कुमार महतो
राैतहटकाे गौरमा बुधवार आयोजना गरिएको मिस्टर एन्ड मिस मोनास्टिक सीजन २ को फाइनल प्रतियोगिता सम्पन्न भएको छ । मोनास्टिक इंटरनेशनल एकेडमी गौर ५ ले आयोजना गरेको सिजन २ मिस्टर एण्ड मिस २०८० को फाइनल प्रतिस्पर्धामा यस वर्षको ताज श्रदाकुमारी सिंह र युवराज साहले जितेका छन् । विद्यालयमा अध्यनरत बालवालिका विच आन्तरिक प्रतिस्पर्धा गराएर यो उपहार दिंदै आएकाे मोनास्टिक इंटरनेशनल एकेडमीले दोस्रो वर्ष पनि यो कार्यक्रम जारी राखेको छ ।

बालिकातर्फ १५ जना प्रतियोगी र बालकतर्फ १० जनाकाे सहभागिता रहेको थियाे । फाइनल प्रतिस्पर्धामा मिसको ताज राजदेवी नगरपालिका ५ निवासी सन्तोष सिंहको छोरी श्रद्धाकुमारी सिंह र मिस्टरको ताज रौतहटको माधवनरायण नगरपालिका वड़ा नम्बर ६ माधोपुर निवासी राजकुमार प्रसाद साहका छोरा युवराज कुमार साहले जितेको आयोजक संस्थाका प्रिन्सिपल अजित कुशवाहाले जनाएका छन् ।
बिजेता दुबैजनालाइ गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले पुरस्कृत गरे । विजेतालाइ विद्यालयले पुरस्कार स्वरुप ६ महिना सम्मको लागि छात्रवृति प्रदान गरेकाे छ । कार्यक्रमको ज्ज मा पत्रकार गौतम श्रेष्ठ, महिला नेत्री गिता देवि महतो, पत्रकार सैलेन्द्र गुप्ता, राज साह, Rj रन्जु ले गरेका थिए ।

