https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिजलपुरा, चैत्र २९ गते ।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर—१२ श्री राम जानकी आधारभूत विद्यालय बिजलपुरा अकुवान टोलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुखलाल महतो निर्विरोध चयन भएका छन् ।  उनको अध्यक्षतामा  ७ सदस्य समिति चयन गरिएको हो ।

अभिभावक भेलाबाट निर्विरोध रुपमा विद्यालय व्यवस्थान समिति छनौट गरिएको थियो । सदस्यहरुमा राजकिशोर महतो, बेचु विश्वकर्मा, रेखा देवी पासवान, सविता देवी पासवान र नैन देवी महतो रहेका छन् ।

७३ वर्ष अघि बसोबास भएको अकुवान टोलमा २०७८ सालमा मात्रै आधारभूत विद्यालय स्थापना भएको थियो । कक्षा तीनसम्म पढाई हुने विद्यालयमा जम्मा २ कोठा छन् । भौतिक पुर्वधार,  खानेपानी, बिजुलीबत्ति, घेराबेरा, शिक्षकको कमीले विद्यालय समस्याग्रस्त छन् । दलित तथा विपन्न समुदायका करीब १ सय बच्चाहरु  स्कूलमा अध्ययनरत छन् ।

निर्वाचित विद्यालय व्यवस्थान समितिका अध्यक्ष महतोले विद्यायललाई सुविधा सम्पन्न बनाउनका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार