गाैशाला, बैशाख १ गते ।
महाेत्तरी जिल्लाकाे सबभन्दा पुरानो व्यापारी केन्द्रकाे रुपमा परिचित गाैशाला बजारमा विगत ५० वर्ष देखि संचालिनमा रहेको उमेश किराना पसल आजदेखि पुनः संचालनमा आएको छ । विधिवत रुपमा पुजापाठ गरि पु:न संचालनमा ल्याएको हाे ।

नयाँ वर्ष २०८१ को शुभ अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, राजनीतिकर्मी, बुद्धिजीवी, समाजसेवी लगायत सर्वसाधारणहरुमा शुभकामना अर्पण गर्दै गाैशाला बजारको पुरानै स्थान अर्थात गौशालाको दुर्गा मन्दिरको छेउमा संचालनमा रहेको उमेश किराना पसल पु:न संचालनमा ल्याएको संचालक मनिष कुमार साहले बताए ।

विगत ५ महिनादेखि पुर्नसंरचना निर्माणको क्रममा पसल संचालनमा अवरुद्ध रहेको थियो । मर्मत सभारकाे कार्य सम्पन्न पछि अबदेखि नियमित रुपमा पसल संचालनमा रहने संचालक साहले जानकारी दिए । यस स्थानमा विगत करिब ५० वर्ष अगाडिदेखि हामीहरु पसल संचालन गर्दै आएको थियो ।

पछिल्लो समयमा आएर मर्मत सम्भारले गर्दा सेवाग्राहीलाई सेवा दिन सकेका थिएन् । अबदेखि नियमित रुपमा सेवा प्रवाह हुने छ । उमेश किराना पसलमा थोक तथा खुद्रा दररेटमा किरानाकाे हरेक समानहरु सुपथ मुल्यमा उपलब्ध भईरहेको छ ।




