https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, बैशाख १ गते ।
नेपाल भलिबल संघ (एनभिए) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको चौथो एनभिए अवार्ड सेरोमनी २०८० मा मधेश प्रदेश भलिबल संघका अध्यक्ष ज्ञानेन्द्र कुमार यादव ज्युलाई मधेश प्रदेश भलिबल संघले गरेको उत्कृष्ट कार्यहरुको उच्च मुल्याङ्कन गर्दै एनभिए द्वारा सम्मान गरेकाे छ ।

भने यसै अवसरमा संघले वर्षभरि सन्तोषजनक काम गर्ने विभाग, जिल्ला,प्रदेश र क्लबहरुलाई पनि सम्मान गरेको छ।संघले मधेश प्रदेश भलिबल लगायत एपीएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ। संखुवासभा जिल्ला भलिबल संघ, कञ्चनपुर जिल्ला भलिबल संघ, सुर्खेत जिल्ला भलिबल संघ, पाल्पा जिल्ला भलिबल संघ, जावलाखेल भलिबल संघ, ढोरपाटन भलिबल क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लबलाई सम्मान गरेको छ ।

यस्तै किंग्स क्लब, काठमाडौ, दावाली मिलन क्लब, स्व. केशलाल स्मृति प्रतिष्ठान, हेटौँडा, स्व. शेर बहादुर स्मृति प्रतिष्ठान, मणिमुकुन्द भलिबल क्लब, बुटवल, चन्द्रागिरी नगरपालिका न्युडायमण्ड महिला भलिबल टिम, टाइगर ग्रुप अफ पोखरा, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश भलिबल संघ, म्याग्दी जिल्ला भलिबल संघ र बुढानिकण्ठ भलिबल क्लबलाई सम्मान गर्यो ।


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एनभिए अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठ लगायतले अवार्ड प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार