https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिरगंज, बैशाख २ गते ।
श्रीसिया नदिको प्रदुषणले गर्दा छठ पर्व मनाउन गाह्रो भएको छ ।चैती छठ आएसँगै यो पर्वलाई मनाउन अहिले बिरगंजका जनता लगायत देश बिदेशमा रहेका श्रधालुहरुमा रौनकता छाएको छ ।  नहाए खाएको दिनबाट औपचारिक रुपमा सुरु भएको यो पर्व तीन दिन चल्ने गर्दछ । बिरगंज लगायत पर्सा जिल्लाका अधिकास छठ गर्ने श्रधालुहरु श्रीसिय नदिको किनारमा बसेर छठ मनाउने गर्द छन ।

यसपाली पनि छठ पर्व मनाउनु पर्ने भएपछि श्रीसिया नदिको अवस्था देखेर भक्तजनहरु निराश हुँदै गएका छन । हरेक चुनावमा नेताहरुले आफ्नो चुनावी एजेन्डाको रुपमा श्रीसिया नदिको मुद्दा उठाएपनी चुनाव जितिसके पछी यस्को मुद्दा हराएर गएको छ ।

बस्ती नजिक भएर बग्ने सिर्सिया नदी केही वर्षअघि सम्म स्थानीयको पानीको प्रमुख स्रोत थियो तर पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुले नदीमा प्रदूषित पानी र फोहोर सिर्सियामा मिसाएपछि नदी दुर्गन्धित भई बस्तीमा बस्नै नसकिने अवस्था सिर्जना भएको स्थानीयहरुको भनाइ रहेकाे छ ।

बिरगंज महानगरपालिकाका मेयरले अनुगमन गरेपनी अहिले सम्म केही नगरेको स्थानियहरुले बताएका छन । नदि लाई प्रदुषित बनाउने उधोगहरु लाई  कार्वाहीको लागि पत्र काटेपनी केही उधोगी बाहेक अरु कसैलाइ वीरगंज महानगरपालिकाले केही पनि नगरेको सामाजिक अभियन्ता रंजन दासले बताएका छन । अनुगमनको नाम बिरगंजका जनप्रतिनिधिले भत्ता मात्र खाने गरेका छन ।

कुनै बेला छठ पर्व मनाउन सिर्सिया नदी प्रसिद्ध मानिन्थ्यो। नदी प्रदूषित भएपछि स्थानीयले नदीमा छठ पर्व मनाउनै छोडिसकेका पत्रकार राहुल गुप्ताले बताए । सिर्सिया नदीको प्रदूषण रोक्न स्थानीय तहका जनप्रतिनिधिलाई पटकपटक आग्रह गरे पनि खासै चासो देखाएनन् । फोहोर पानीकै कारण स्थानीयले तरकारी खेती गर्न छाडे भने नदीमा जलचर र वनस्पति मासिएको उनको भनाइ रहेको छ ।

त्यसतै सामाजिक अभियन्ता असोक कुशवाहाले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत श्रीसिया नदि आजको दिनमा यति कालो रहकोछ त्यस दुर्गन्धित पानिको कारण मानिसको स्वास्थ्यमा नकरात्मक असर पर्नुको साथै जिवजनतुहरु लाइ पनि पानि खान समस्या रहेको बारेमा‌ लेखेर चर्को बिरोध गरेका हुन ।

त्यसतै ग्रामीण एरियालाई वीरगंज संग जोड्न सबभन्दा पहिलो सडक बनाउन जरुरी छ।यसको उदाहरणको रुपमा रहेको छ ।रामगढवाको  सिर्सिया नदि हुदै सिर्सिया नदि कै छेउबाट रानिघाट दक्षिण तर्फ रहेको गायत्री मन्दिर जाने बाटो  साल भरि भन्दा बढि भयो भतकेको तर पनि वीरगंज महानगरपालिकाको ध्यान गएको छैन ।

त्यस ठाउँमा दिनहु दुर्घटना हुन्छ गएराति घर जाने बेलामा एकजान व्यक्ति मोटरसाइकल लिएर जादा उक्त बाटोमा परि घाइते पनि भएको छ। साथै त्यस ठाउँको जनताहरू  मेयर साहेबको यो बाटो तिर ध्यानै जादैन किन भने प्रश्न पनि गरिरहेका छन । के बिरगंज मात्र शरह एरिया सम्म सिमित छ ? कि गाउँ तिरको विकासमा ध्यान दिन जरुरी छैन भनि पत्रकार राहुल गुप्ताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार