![](https://rajdhanitoday.com/wp-content/uploads/2024/04/Messenger_creation_7173f249-8935-49bf-8ca5-fdab3d496521.jpeg)
गणेश कुमार सिंह
महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा नं.१२ स्थित सामुदायिक विकास युवा क्लबद्वारा नयाँ वर्ष २०८१ सालकाे शुभकामना एवं जुडशीतल पर्व शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् ।
मिथिलानचलमा जुडशीतल पर्वकाे छुट्टै भुमिका रहेका छ । आजको दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिर अर्थात टाउकोमा पानी/जल थपथपाएर आर्शीवाद दिने गरेका छन् ।
बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन सँगै एकअर्काेले माटोको टीका लगाउने समेत चलन रहेका अनुसार सामुदायिक युवा क्लबले पनि जुडशीतल मनाए छन् ।
वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने परम्परा रहेका छन् ।
कार्यक्रममा सामुदायिक विकास युवा क्लबका अध्यक्ष सन्तोष सिंह, राष्ट्रिय मा.वि.कान्तिबजारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश महतो, शिक्षक महाबिर सिंह लगायत सामुदायिक विकास युवा क्लबका भलिबलका खेलाडीहरुको सहभागीता रहेको थियोे ।