गाैशाला, बैशाख ३ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिकाले धनुषाको शिबम कन्स्ट्रक्सन र स्काइ लाइन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता ताेडी कालोसूचीमा राख्न कार्वाहीकाे लागि सिफारिस गरेको छ ।
नगरपालिकासँग निर्माण कार्यको लागी सम्झौता गरेकाेमा हाल सम्म कार्य सम्पादन नगरेको कारण नगरपालिकाबाट मिति २०८०/०६/२२ गते आर्थिक राष्ट्रिय दैनिक पत्रिकामा कार्य सम्पन्न गर्ने सम्बन्धी १५ दिने सूचना र मिति २०८०/०९/२५ गते आर्थिक राष्ट्रिय दैनिक पत्रिकामा ठेक्का सम्झौता तोडी कालोसूचीमा राख्न कार्वाहीकाे लागि सिफारिस गरिएको हाे ।
दाेस्राे पटक थप ७ दिने सूचाना प्रकाशन भैसकेको हुनाले आजैको मितिबाट तपसिलमा उल्लेखित ठेक्का तोडी निर्माण व्यवसायीले खरिद सम्झौता बमोजिम कार्य सम्पादन नगरेकाे कारण ठेक्का तोडी कालोसूचीमा राख्ने नगर प्रमुख डा. दिपेन्द्र महताेले जानकारी दिए ।
साथै निर्माण व्यवसायीले उक्त कार्य बापत राखिएको कार्य सम्पादन जमानत जफत गरी सोही कार्यबिधीको दफा ३.४ बमोजिम अध्यावधिक भएको काम र बाँकी कामको नाँप जाँच गरी मूल्याङ्कनका लागी जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, निर्माण व्यवसायीलाई पत्राचार गर्ने निर्णय गरिएकाे नगरपालिका स्राेतले जनाए ।

