https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

नेपालगञ्ज, बैशाख ४ गते ।
नयाँ बर्ष २०८१ को प्रारम्भसंगै नेपालगन्ज उपमहानगरपालिकाले धुम्रपान तथा खासगरी सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ । पहिलो चरणमा सचेतना प्रवर्धन र कानुनी प्रावधानबारे सचेत बनाउने गरी नेपालगन्ज उपमहानगरपालिका अगाडि बढेको छ ।

अस्पताल, शैक्षिक संस्था, सार्वजनिक स्थान र मन्दिर छेउछाउमा सूर्तिजन्य पदार्थको बिक्रि वितरण र प्रयोग गर्न पाइँदैन । ‘सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८’ ले यसलाई कानून विपरित मान्छ । यही ऐनले सार्वजनिक स्थानमा चुरोट, बिडी, गुट्खा, कच्चा सूर्ति, खैनी बिक्रि वितरण र सेवन गर्न बर्जित गरेको छ । अस्पताल लगायत शैक्षिक संस्थाको एक सय मिटर वरपर सूर्तिजन्य पदार्थको बिक्रि वितरण गर्न नपाइने ऐनमा उल्लेख छ । यही कानुन र ऐनलाई नेपालगन्ज उपमहानगरपालिकाले कार्यान्वयन सुरु गरेको हो ।

धुम्रपान तथा सूर्तिजन्य पदार्थको कानुनसम्मत विक्रि वितरण , सार्वजनिक ठाउँहरुमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवनदर घटाउने उद्देश्यका साथ अभियान थालिएको नगर प्रमुख प्रशान्त विष्टको भनाइ छ । साथै आज बिहान निकालिएको प्रभातफेरी कार्यक्रममा नगर प्रमुख विष्टले आफ्नो सुर्ती खाने एउटा बानी पनि अब यही अभियान सँगै छोड्ने प्रतिबद्धता जनाएका छन् । धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि आफूहरुको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा आम नगरबासीको साथ अति आवश्यक रहेको उनको भनाई छ ।

यो अभियानमा नेपालगन्ज जेसिजले पनि सहकार्य गरेको छ । धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले मुटु रोग, क्यान्सर जस्ता खतरनाक रोगहरुको जोखिम बढाइरहेको छ । एक अध्ययन अनुसार कुल मृत्युको १५ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । २९.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार