राहुल गुप्ता
महोत्तरीको श्री रणभीम गण, प्रकौली ब्यारेक मार्फत जलेश्वर महादेव मन्दिरको प्राङ्गणमा निर्माण भएको नव-निर्मित बासुकी नागको मुर्तिमा प्राण प्रतिष्ठान पूजा अर्चना गरिएको छ । श्री रणभिम गण, प्रकौली ब्यारेकको सहयोगमा निर्माण गरिएको उक्त सासुकी नागको मुर्ती लाई पुजा पस्चात जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार लाई हस्तनान्तरण गरिएको पत्रकार राहुल गुप्ताले जानकारी गराएको छन ।
जलेश्वर नगरपालिकाका मेयर सुरेश साहले हस्तान्तरण गरिएको नव निर्मित नागको मुर्ति बारे बोल्दै जलेश्वर नगरपालिकाको विकासको लागि श्री रणभिम गणले पुर्याएको सहयोग अपरिहार्य रहेको बताए । यस नगरपालिका लाई आउने दिनमा पर्यटनको दृटिकोणले धार्मिक स्थलको रुपमा विकास गर्दै जाने बताए ।
त्यस्तै श्री रणभीम गण प्रकौली, व्यारेकका गणपति प्रमुख सेनानी बिशेष पौडेलले गणले बिगतका समय देखि जिल्लाका बिभिन्न धार्मिकस्थलहरुको सरसफाइ, मर्मतका साथै बिपद्को समयमा बेलाबखत जनताको सेवामा समर्पित रहेको जानकारी गराएका थिए ।
आज भएको मुर्ति हस्तान्तरण कार्यक्रमा महोत्तरी जिल्लाका प्रमुख जिल्ल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, मन्दिरका पुजारी, स्थानीयबासि, भक्तजनहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

