https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, चैत्र १० गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बिहीवार मन्त्री परिषद विस्तार गर्नु भएको छ । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री यादवले मन्त्री परिषद  विस्तार गर्नु भएको छ ।

नवनियुक्त मन्त्रीहरुमा भरत प्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेली विनाविभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ भने शारदा थापा गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ ।

साह र भट्टराई नेकपा माओवादी केन्द्रका हुनुहन्छ भने लुङ्गेली नेकपा एस र थापा नेकपा एमाले प्रदेश सभा सदस्य हुनुहुन्छ ।
नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनु भएको छ भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार