https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख ६ गते ।
महाेत्तरीकाे मटिहानीमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८१ को चौथो खेलमा आज जलेश्वर फुटबल क्लबले एकेडमी युथ क्लब बर्दिबासलाई ४-२ गोलको अन्तरले पराजित गरेको छ ।

मटिहानी रंगशालामा जारी उक्त प्रतियोगिताको आज चौथो खेल जलेश्वर फुटबल क्लब र एकेडमी युथ क्लब बर्दिवास बिच भएको थियो । खेल सुरु भएको पहिलो ५ मिनेट मैं जलेश्वर फुटबल क्लबका पारस मगरले १ गोल हानी टीमलाई १-० को अग्रता दिलाएका थिए ।

मध्यान्तर पछि खेल सुरु भएको पहिलो मिनटमै एकेडमी युथ क्लब बर्दिबासका कैप्टेन राजु आले मगरले पनि १ गोल हानी खेललाई १-१ को बराबरी गरेका थिए । त्यसपछि निर्धारित समय भित्र कुनै टीमले थप गोल हान्न नसकदा खेल पेनाल्टी शॉटमा गएको थियो ।

पेनाल्टीमा जलेश्वर फुटबल क्लबले ३ गोल हानेका थिए भन्ने एकेडमी युथ क्लब बर्दिबासले १ गोल मात्र हानेको थियो । त्यसै गरी उक्त प्रतियोगिताको पाँचौ खेल अर्थात पहिलो सेमीफाइनल भोलि दिनको ४ बजे धनुषा DFA र  एभरेष्ट फुटबल क्लब सर्लाही बीच मटिहानी रंगशालामा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार