चन्दन कुमार महतो
राैतहट, बैशाख ८ गते ।
दुई महिना अघि मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री मा.बिरेन्द्र प्रसाद सिंह द्वारा प्रादेशिक अस्पताल गौरमा ब्लड बैंक को उद्घाटन भएका थिएँ त्यहिँ ब्लड बैंक आज बाट संचालनमा आएको हो ।
प्रादेशिक अस्पताल गौरको अध्यक्ष मो. अनवर हाशमी, मे.सु मुरारी ठाकुर, लेखापाल जितेन्द्र यादव, ईमरजेन्सी ईन्चार्ज राजेश कुमार सिंह लगायत अस्पताल को स्टाफ हरु रक्त दान गरेर ब्लड बैंक को सुरुवात गरेको हो ।
प्रादेशिक अस्पताल गौरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।प्रादेशिक अस्पताल गौरको आफै ब्लड बैंक स्थापना भइ सकेको हुदा रक्त स्टकको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
व्यवस्थापन समितिका अध्यक्ष मो.अनवर हाशमीले प्रदेश सरकारको सहयोगमा प्रादेशिक अस्पताल गौरमा ब्लड बैंक स्थापना भएकोले यसमा रक्तदान गर्न आम समाजलाई आग्रह गरेका हुन ।
सम्पूर्ण जिल्ला अगुवा,स्वास्थ्य कर्मी,पत्रकार ,प्रहरी प्रशासनलाई रक्तदान गरेर थप टेवा पुर्याउन उनले आग्रह गरेका छन् ।
रेड क्रोस ब्लड बैंक भएको हुदा पनि थप रक्त सेवा पुर्याउने उदेश्यले अस्पतालमा ब्लड बैंकको स्थापना भएको उनले जिकिर गरे थिए ।
करिब नौ लाख जनसंख्या भएको जिल्लामा अस्पताल ब्लड बैंकले धागंन सक्ने उदेश्यले जसलाई ब्लडको आवश्यकता छ एक पोखा दिएर अर्को पोका ब्लड लैजानुपर्ने व्यवस्था गरिएको र यसरी लानुपर्ने अध्यक्ष हाशमीले बताए।
ब्लड बैंक स्थापन भएको उपरान्त रक्तदान कार्यक्रम गरेर समाजलाई बदल्न छ भने आफुमा बदलाव ल्याईनु पर्छ उखान का साथ अस्पतालका मे.सु डा.मुरारी ठाकुर रक्तदान गरि सुरुवात गरिएको बताए ।
यस कार्यक्रममा अस्पतालका सम्पुर्ण फाट का कर्मचारी तथा सम्पुर्ण कर्मचारीलाई रक्तदान गरेर ब्लड बैंकलाई सहयोग गर्न आग्रह गरेको उनले बताए ।
रक्तदान कार्यक्रम प्रादेशिक अस्पताल गौरका व्यवस्थापन समितिका अध्यक्ष मो.अनवर हाशमीको अध्यक्षतामा भएको र उद्घोषण अस्पतालका इमर्जेन्सी फाट प्रमुख राजेश कुमार सिंहले गरेका थिए। सो कार्यक्रममा प्रादेशिक अस्पताल गौरको लेखापाल जितेन्द्र यादव लगायतबअस्पतालका सम्पुर्ण कर्मचारी ,एम्बुलेन्स चालक र पत्रकारहरु उपस्थिति थियोे ।